Page:Shakuntala.pdf/278: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बाटो मीठो छ ठण्डा दुइ लहर फुली वृक्ष राम्रा मिलेर । | |||
::वल्लीले बेह्रिएको कुसुमहरु भरी द्वार भित्री छ रम्य ॥ | |||
लच्केकी बाटुली भै मगमग महिला हल्लिँदो मन्द मन्द । | |||
::बोल्छन् मीठा करा भैं विहग वनविषे त्यो नजीकै बसेर ॥ | |||
{{pcn|(२३)}} | |||
पस्दा देखे फुलेको सुरपुरवर झैं त्यो हरा पुष्पविश्व । | |||
::ठण्डा हाँगाहरूमा किशलय हलुका नृत्य गर्दा हवामा ॥ | |||
बास्ता झैं मग्मगायो प्रथम श्रवणमा पङ्खले चुल्बुलायो । | |||
::आँखाले रङ्ग पायो अनि जिउभरमा सौख्य नै सर्सरायो ॥ | |||
{{pcn|(२४)}} | |||
बन्थे चङ्गी र रङ्गी अनि धवल सबै ढङ्गका ती मयूर । | |||
::लामो त्यो लत्रिएको पहिरन प्रकृत स्वादु लच्काउँदा ती ॥ | |||
'काँ काँ केकाँ' कराई वरपर चिडियाका उडे झैं धिराज । | |||
::ऊँचा हाँगाहरूमा ढलिमलि कहिले गर्दथे वृक्षमाझ ॥ | |||
{{pcn|(२५)}} | |||
चीभे, फिस्टो, मुनीया, परभृति प्रभृति प्रेमका पङ्खनाना । | |||
::सारौं, घोबी, भँगेरा थरि थरि रँगका स्वर्गपक्षी उज्याला ॥ | |||
शूगा, मैना, परेवा, पटु, शिखिकटुवा, गौँथली औ जुरेली । | |||
::बोल्थे नाच्थे र झुल्थे कुसुमनिकरको हर्म्यमा खेल खेली ॥ | |||
{{pcn|(२६)}} | |||
आरू, लाली लिएका धवल कुसुमकी नासपाती, अनार । | |||
::राती, काँढा छिपेकी, जुइहरु सुन झैं जाइ बेली बहार ॥ | |||
चम्पा, गाभा, गुराँसे गुनकसि कमली कामिनी काइँयो र । | |||
::सुन्पाते, नीलपाते, कुसुमहरु त्यहाँ क्या मिसिन्थे अपार ॥ | |||
{{pcn|(२७)}} | |||
फुर्फुर्गदी छ पक्षीसदृश उ पुतली फूल जस्ती रँगीन । | |||
::मानो फूलै उडे झैं कुसुमरस लिने वन्य सानो परी झैं ॥ | |||
बुट्टा छिर्का परेकी सुरधनुषभरीका मिही रङ्गबाट । | |||
::ठाँटेकी झैँ हलूका कुसुम ऋतुहरूकी तपस्यासमान ॥ | |||
{{pcn|(२८)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:51, 26 May 2025
बाटो मीठो छ ठण्डा दुइ लहर फुली वृक्ष राम्रा मिलेर ।
वल्लीले बेह्रिएको कुसुमहरु भरी द्वार भित्री छ रम्य ॥
लच्केकी बाटुली भै मगमग महिला हल्लिँदो मन्द मन्द ।
बोल्छन् मीठा करा भैं विहग वनविषे त्यो नजीकै बसेर ॥
(२३)
पस्दा देखे फुलेको सुरपुरवर झैं त्यो हरा पुष्पविश्व ।
ठण्डा हाँगाहरूमा किशलय हलुका नृत्य गर्दा हवामा ॥
बास्ता झैं मग्मगायो प्रथम श्रवणमा पङ्खले चुल्बुलायो ।
आँखाले रङ्ग पायो अनि जिउभरमा सौख्य नै सर्सरायो ॥
(२४)
बन्थे चङ्गी र रङ्गी अनि धवल सबै ढङ्गका ती मयूर ।
लामो त्यो लत्रिएको पहिरन प्रकृत स्वादु लच्काउँदा ती ॥
'काँ काँ केकाँ' कराई वरपर चिडियाका उडे झैं धिराज ।
ऊँचा हाँगाहरूमा ढलिमलि कहिले गर्दथे वृक्षमाझ ॥
(२५)
चीभे, फिस्टो, मुनीया, परभृति प्रभृति प्रेमका पङ्खनाना ।
सारौं, घोबी, भँगेरा थरि थरि रँगका स्वर्गपक्षी उज्याला ॥
शूगा, मैना, परेवा, पटु, शिखिकटुवा, गौँथली औ जुरेली ।
बोल्थे नाच्थे र झुल्थे कुसुमनिकरको हर्म्यमा खेल खेली ॥
(२६)
आरू, लाली लिएका धवल कुसुमकी नासपाती, अनार ।
राती, काँढा छिपेकी, जुइहरु सुन झैं जाइ बेली बहार ॥
चम्पा, गाभा, गुराँसे गुनकसि कमली कामिनी काइँयो र ।
सुन्पाते, नीलपाते, कुसुमहरु त्यहाँ क्या मिसिन्थे अपार ॥
(२७)
फुर्फुर्गदी छ पक्षीसदृश उ पुतली फूल जस्ती रँगीन ।
मानो फूलै उडे झैं कुसुमरस लिने वन्य सानो परी झैं ॥
बुट्टा छिर्का परेकी सुरधनुषभरीका मिही रङ्गबाट ।
ठाँटेकी झैँ हलूका कुसुम ऋतुहरूकी तपस्यासमान ॥
(२८)