Page:Shakuntala.pdf/276: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
काहीं छन् वस्त्र रङ्गी पहिरन हलुका छन् परी वस्त्र-तुल्य । | |||
::राम्रा बुट्टा लिएका थरि थरि रँगका कोमलाङ्गी मिठास ॥ | |||
कात्छन् कीराहरूले वसन अति मिही भन्दथे ती बुनिन्छन् । | |||
::राम्रा मिल्दा उल्याला अववयहरुको मोहिनी बन्नलाई ॥ | |||
{{pcn|(११)}} | |||
लामा लामा फलामे गज लिइ करमा नाप्दछन् वस्त्र बेच्ने । | |||
::आँखा तीखा लगाई पलपल त्यसमा गर्दथे होश किन्ने ॥ | |||
काहीं छन् चित्र राम्रा नरम र जिउँदा रूप झैं तेजवाला । | |||
::धेरै श्रीकृष्णका नै शिखिमुकुट लिने वेणु राम्रा उज्याला ॥ | |||
{{pcn|(१२)}} | |||
राधाको चित्र राम्रो दिनकरतनयातीरमा कृष्णसाथ । | |||
::गाई गोपीहरूले श्रवण सुख लिँदा भाव मीठो खुलेको ॥ | |||
काहीं सीता उज्याली दशरथसुतका साथ सिंहासनैमा । | |||
::काहीं छन् शारदा ती अति सितवसना हंसमा, वीनवाली ॥ | |||
{{pcn|(१३)}} | |||
धेरै छन् देवताका पटहरु रँगिला अर्थमा गूढ गूढ । | |||
::काहीं ब्रह्माण्ड ॐ मा रँग रँगहरुको मेलको चित्रकारी ॥ | |||
बारा राम्रा सुनौला अतिशय छ मिही कामको क्या किनारा । | |||
::बुट्टा छन् काठलाई मृदुलपन दिने लच्किएका सिँगार ॥ | |||
{{pcn|(१४)}} | |||
काहीं छन् शाक मात्रै परतिर फल छन् मौसमी क्या विकाल । | |||
::पूजासामा कहीं छन् रँग रँग त्यसमा धूप औ चन्दनादि ॥ | |||
माला राता र सेता बहुविध थलिया धूप औ कङ्कुमादि । | |||
::राम्रा द्यौताहरूका पटहरु खटिया मूर्ति साना उज्याला ॥ | |||
{{pcn|(१५)}} | |||
काहीं छन् पानवाली जलभर थलियामा नुहाएर पान । | |||
::राम्रा भ्रूचञ्चला ती मुसुमुसु मुखका बातका छन् बिछट्ट ॥ | |||
लाएका चूनकोठी धवल मृदुलहातुल्य गाला छुआई । | |||
::लाली चड्का चढाई अधर मृदुलमा आधि सप्को उचाली ॥ | |||
{{pcn|(१६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:33, 26 May 2025
काहीं छन् वस्त्र रङ्गी पहिरन हलुका छन् परी वस्त्र-तुल्य ।
राम्रा बुट्टा लिएका थरि थरि रँगका कोमलाङ्गी मिठास ॥
कात्छन् कीराहरूले वसन अति मिही भन्दथे ती बुनिन्छन् ।
राम्रा मिल्दा उल्याला अववयहरुको मोहिनी बन्नलाई ॥
(११)
लामा लामा फलामे गज लिइ करमा नाप्दछन् वस्त्र बेच्ने ।
आँखा तीखा लगाई पलपल त्यसमा गर्दथे होश किन्ने ॥
काहीं छन् चित्र राम्रा नरम र जिउँदा रूप झैं तेजवाला ।
धेरै श्रीकृष्णका नै शिखिमुकुट लिने वेणु राम्रा उज्याला ॥
(१२)
राधाको चित्र राम्रो दिनकरतनयातीरमा कृष्णसाथ ।
गाई गोपीहरूले श्रवण सुख लिँदा भाव मीठो खुलेको ॥
काहीं सीता उज्याली दशरथसुतका साथ सिंहासनैमा ।
काहीं छन् शारदा ती अति सितवसना हंसमा, वीनवाली ॥
(१३)
धेरै छन् देवताका पटहरु रँगिला अर्थमा गूढ गूढ ।
काहीं ब्रह्माण्ड ॐ मा रँग रँगहरुको मेलको चित्रकारी ॥
बारा राम्रा सुनौला अतिशय छ मिही कामको क्या किनारा ।
बुट्टा छन् काठलाई मृदुलपन दिने लच्किएका सिँगार ॥
(१४)
काहीं छन् शाक मात्रै परतिर फल छन् मौसमी क्या विकाल ।
पूजासामा कहीं छन् रँग रँग त्यसमा धूप औ चन्दनादि ॥
माला राता र सेता बहुविध थलिया धूप औ कङ्कुमादि ।
राम्रा द्यौताहरूका पटहरु खटिया मूर्ति साना उज्याला ॥
(१५)
काहीं छन् पानवाली जलभर थलियामा नुहाएर पान ।
राम्रा भ्रूचञ्चला ती मुसुमुसु मुखका बातका छन् बिछट्ट ॥
लाएका चूनकोठी धवल मृदुलहातुल्य गाला छुआई ।
लाली चड्का चढाई अधर मृदुलमा आधि सप्को उचाली ॥
(१६)