Page:Shakuntala.pdf/275: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"राजा दुष्यन्तको होस् जय जय जय" यो लेखिएको सुनौला । | |||
::स्पष्टै देखिन्छ, जुँघे अरिमठ पहरा भै खडा लिन्छ भाला ॥ | |||
जाँची जाँची सबैका घर वतन तथा साथमा मालताल । | |||
::छोडिदिन्छन् सिपाही जतिजति त्यसमा गर्न खोज्छन् प्रवेश ॥ | |||
{{pcn|(५)}} | |||
जाँच्दा ती कण्वजीका अनुचर बुझिई गौतमी कण्वपत्नी । | |||
::आएका छन् भनेको खबर पनि सुनी साथ छोरी लिएर ॥ | |||
यौटा लाग्यो अगाडि प्रबलयश महान् भूपप्रासादसम्म । | |||
::राम्रा ठूला उज्याला घर लहर लिने मार्गले स्निग्ध चौडा ॥ | |||
{{pcn|(६)}} | |||
बाटामा देख्दछन् ती घरलहर सफा बान्किला एकनास । | |||
::काहीं काहीं उठेका अरु उपर उँचा आढ्यका दीर्घवास ॥ | |||
गर्वी कल्की लगाई अरु जनहरुका बीचमा शानदार । | |||
::लम्बा चौडा नवाफी पुरुषसरि खडा वक्ष ऊँचा गराई ॥ | |||
{{pcn|(७)}} | |||
राम्रा सौन्दर्यवाला युवति, मृगदृशी झ्यालमा टाँसिएका । | |||
::सौखी छन् माल्यका ती कुसुमहरु धरी केशमा जूटदार ॥ | |||
सारी रङ्गी बिरङ्गी पहिरनहरुका चारु शोभा सुहाइ । | |||
::आँखा काला घुमाई, सडकतिर दिने दृष्टि आनन्ददायी ॥ | |||
{{pcn|(८)}} | |||
बाटामा छन् बसेका लहर पसलका देख्न राम्रा उज्याला । | |||
::रङ्गी चङ्गी कुराले खजित बहुथरी लीभका चीजवाला ॥ | |||
काहीं छन् फूल मात्रै बहुरस रँगका क्या बडा चारु डाली । | |||
::माला राम्रा उनेका तप तप चुहुने गुच्छ झुप्पा र जाली ॥ | |||
{{pcn|(९)}} | |||
मग् मग् मग् मग् छ चल्दो परिमल रसिलो भृङ्ग मौरी झुलाई । | |||
::ती राम्रा पुष्प झुल्छन् मलय पवनमा झैं चलेका सजीव ॥ | |||
सानो मीठो बगैंचा पसल हुन गई नक्कली बोट पारी । | |||
::मीठा सौन्दर्यका छन् पहिरन कहँदा 'ल्यौ मलाई मलाई ॥' | |||
{{pcn|(१०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 13:20, 26 May 2025
"राजा दुष्यन्तको होस् जय जय जय" यो लेखिएको सुनौला ।
स्पष्टै देखिन्छ, जुँघे अरिमठ पहरा भै खडा लिन्छ भाला ॥
जाँची जाँची सबैका घर वतन तथा साथमा मालताल ।
छोडिदिन्छन् सिपाही जतिजति त्यसमा गर्न खोज्छन् प्रवेश ॥
(५)
जाँच्दा ती कण्वजीका अनुचर बुझिई गौतमी कण्वपत्नी ।
आएका छन् भनेको खबर पनि सुनी साथ छोरी लिएर ॥
यौटा लाग्यो अगाडि प्रबलयश महान् भूपप्रासादसम्म ।
राम्रा ठूला उज्याला घर लहर लिने मार्गले स्निग्ध चौडा ॥
(६)
बाटामा देख्दछन् ती घरलहर सफा बान्किला एकनास ।
काहीं काहीं उठेका अरु उपर उँचा आढ्यका दीर्घवास ॥
गर्वी कल्की लगाई अरु जनहरुका बीचमा शानदार ।
लम्बा चौडा नवाफी पुरुषसरि खडा वक्ष ऊँचा गराई ॥
(७)
राम्रा सौन्दर्यवाला युवति, मृगदृशी झ्यालमा टाँसिएका ।
सौखी छन् माल्यका ती कुसुमहरु धरी केशमा जूटदार ॥
सारी रङ्गी बिरङ्गी पहिरनहरुका चारु शोभा सुहाइ ।
आँखा काला घुमाई, सडकतिर दिने दृष्टि आनन्ददायी ॥
(८)
बाटामा छन् बसेका लहर पसलका देख्न राम्रा उज्याला ।
रङ्गी चङ्गी कुराले खजित बहुथरी लीभका चीजवाला ॥
काहीं छन् फूल मात्रै बहुरस रँगका क्या बडा चारु डाली ।
माला राम्रा उनेका तप तप चुहुने गुच्छ झुप्पा र जाली ॥
(९)
मग् मग् मग् मग् छ चल्दो परिमल रसिलो भृङ्ग मौरी झुलाई ।
ती राम्रा पुष्प झुल्छन् मलय पवनमा झैं चलेका सजीव ॥
सानो मीठो बगैंचा पसल हुन गई नक्कली बोट पारी ।
मीठा सौन्दर्यका छन् पहिरन कहँदा 'ल्यौ मलाई मलाई ॥'
(१०)