Page:Ritubichar.pdf/77: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 11: | Line 11: | ||
{{pcn|९९}} | {{pcn|९९}} | ||
यो हो श्रीकृष्ण-लीलाको रश्मि यौटा पुरातन । | यो हो श्रीकृष्ण-लीलाको रश्मि यौटा पुरातन । | ||
प्रकाश जसको हामी | प्रकाश जसको हामी लिँदै छौँ अझ पावन ॥ | ||
{{pcn|१००}} | {{pcn|१००}} |
Latest revision as of 19:09, 25 May 2025
This page has been validated
९७
जडेको छ जथाभावी अवीर पुरमा सब ।
लोकमा वीरकै हुन्छ प्रतिष्ठा, मान, गौरव ॥
९८
वसन्ती रङ्गका वस्त्र पहिरी-कन अङ्गमा ।
क्या मजाले डुबेको छ दुनियाँ रस-रङ्गमा ॥
९९
यो हो श्रीकृष्ण-लीलाको रश्मि यौटा पुरातन ।
प्रकाश जसको हामी लिँदै छौँ अझ पावन ॥
१००
पूर्णिमा तिथि हो आज पूर्ण भो शिशिर-स्थिति ।
भोलि अवश्य देखिन्छ वसन्त मधुराऽऽकृति ॥
१०१
सकल ऋतु-विचार प्रेमका साथ हेरी
गुण जति लिनु-होला दोषलाई नटेरी ।
भनि सकल गुणीका सामने भक्ति-साथ
अतिशय झुकि बिन्ती गर्छ यो 'लेखनाथ' ॥
इति शिशिर-विचार
समाप्तं शुभम्