Page:Ritubichar.pdf/71: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 14: | Line 14: | ||
{{pcn|४६}} | {{pcn|४६}} | ||
तिर्सना-जाल | तिर्सना-जाल झैँ लम्बा पन्छिँदा त्यो कडा झरी । | ||
कान्तिले दिन झल्कन्छ शान्ति-पूर्ण मनै-सरी ॥ | कान्तिले दिन झल्कन्छ शान्ति-पूर्ण मनै-सरी ॥ | ||
{{pcn|४७}} | {{pcn|४७}} | ||
ठण्डीका पिरले मानू हिम | ठण्डीका पिरले मानू हिम आफैँ उँधो-तिर । | ||
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ? | बसाइँ बस्न आयो कि बनाई काँठमा घर ? | ||
{{pcn|४८}} | {{pcn|४८}} | ||
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको । | नगीचको रुखो डाँडो हिम पर्दा हिमालको । | ||
देखिन्छ फेटा बाँधेको मूर्ति | देखिन्छ फेटा बाँधेको मूर्ति झैँ उग्र कालको ॥ | ||
{{pcn|४९}} | {{pcn|४९}} | ||
दाह्रा-तुल्य चुचे ढुङ्गा, दण्ड | दाह्रा-तुल्य चुचे ढुङ्गा, दण्ड झैँ धूपिका रुख । | ||
बायेको पहरा-रूप चौतर्फी गहिरो मुख ॥ | बायेको पहरा-रूप चौतर्फी गहिरो मुख ॥ | ||
Latest revision as of 18:28, 25 May 2025
४३
लुगामाथि लुगा खाप आगो ताप घरी-घरी ।
'स्यू-स्यू-स्यू' नगरी तेसै के जाला माघको झरी ?
४४
काम सातो-लिने मात्र, नाम सातो-दिने झरी ।
कति राम्रो मिलेको छ बाहिरी शब्द-माधुरी ॥
४५
हिमानी वयले पूर्ण दिव्य पुत्री हिमालकी ।
झरीको झ्याल खोलेर हेर्दछिन् आडमा लुकी ॥
४६
तिर्सना-जाल झैँ लम्बा पन्छिँदा त्यो कडा झरी ।
कान्तिले दिन झल्कन्छ शान्ति-पूर्ण मनै-सरी ॥
४७
ठण्डीका पिरले मानू हिम आफैँ उँधो-तिर ।
बसाइँ बस्न आयो कि बनाई काँठमा घर ?
४८
नगीचको रुखो डाँडो हिम पर्दा हिमालको ।
देखिन्छ फेटा बाँधेको मूर्ति झैँ उग्र कालको ॥
४९
दाह्रा-तुल्य चुचे ढुङ्गा, दण्ड झैँ धूपिका रुख ।
बायेको पहरा-रूप चौतर्फी गहिरो मुख ॥
५०
हिमाचल नदी-रूप पुत्रीलाई धमाधम ।
यथेच्छ दिन लाग्यो कि पेवाको रूपमा हिम ?
५१
सारा नदनदी सेतो काँठो सलिलमा परी ।
देखिन्छन् सुकिला राम्रा श्रीशुक्ला-गण्डकी-सरी ॥