Page:Ritubichar.pdf/70: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|३४}} | {{pcn|३४}} | ||
खुलेर जलका धारा झर्दैनन् कहिल्यै पनि । | खुलेर जलका धारा झर्दैनन् कहिल्यै पनि । | ||
पानी अलिअली दिन्छ मेघ कञ्जूस | पानी अलिअली दिन्छ मेघ कञ्जूस झैँ बनी ॥ | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
Line 19: | Line 19: | ||
{{pcn|३८}} | {{pcn|३८}} | ||
न ज्यादा जल वर्षन्छ न त आकाश खुल्दछ । | न ज्यादा जल वर्षन्छ न त आकाश खुल्दछ । | ||
दुःखको भोग | दुःखको भोग झैँ लम्बा झरी लम्लष्ट चल्दछ ॥ | ||
{{pcn|३९}} | {{pcn|३९}} | ||
कर्म-जञ्जाल | कर्म-जञ्जाल झैँ मैलो झरीका वशमा परी । | ||
गुटूमुटू भै खुम्चिन्छ दुनियाँ गर्भमा सरी ॥ | गुटूमुटू भै खुम्चिन्छ दुनियाँ गर्भमा सरी ॥ | ||
{{pcn|४०}} | {{pcn|४०}} | ||
धुनीमा सब धुम्मिन्छन् श्रद्धा-साथ घरी-घरी । | धुनीमा सब धुम्मिन्छन् श्रद्धा-साथ घरी-घरी । | ||
दुःखमा देवताजस्तै | दुःखमा देवताजस्तै भगवान्को वरी-परी ॥ | ||
{{pcn|४१}} | {{pcn|४१}} | ||
कोही काख-विषे राखी अग्निले पूर्ण अट्टल । | कोही काख-विषे राखी अग्निले पूर्ण अट्टल । | ||
योगी | योगी झैँ परमाऽऽनन्दी बस्छन् बाँधेर पट्टल ॥ | ||
{{pcn|४२}} | {{pcn|४२}} |
Latest revision as of 18:24, 25 May 2025
This page has been validated
३४
खुलेर जलका धारा झर्दैनन् कहिल्यै पनि ।
पानी अलिअली दिन्छ मेघ कञ्जूस झैँ बनी ॥
३५
वर्षाको त्यो महादानी मेघको महिमा सब ।
गरीबी-पनले हो कि खुम्चियेछ पुरा अब ?
३६
न त पानी कतै बस्छ न कतै भल चल्दछ ।
प्राणीको शास्तिका साथ खालि जमिन गल्दछ ॥
३७
वातले खुम्चिनू-पर्ने अँध्यारो माघको झरी ।
बताउनै बडो गाह्रो दुःखीको जीवनी-सरी ॥
३८
न ज्यादा जल वर्षन्छ न त आकाश खुल्दछ ।
दुःखको भोग झैँ लम्बा झरी लम्लष्ट चल्दछ ॥
३९
कर्म-जञ्जाल झैँ मैलो झरीका वशमा परी ।
गुटूमुटू भै खुम्चिन्छ दुनियाँ गर्भमा सरी ॥
४०
धुनीमा सब धुम्मिन्छन् श्रद्धा-साथ घरी-घरी ।
दुःखमा देवताजस्तै भगवान्को वरी-परी ॥
४१
कोही काख-विषे राखी अग्निले पूर्ण अट्टल ।
योगी झैँ परमाऽऽनन्दी बस्छन् बाँधेर पट्टल ॥
४२
लामा लामा बिरालीको गोडामा ताँति लाग्दछ ।
तैपनि घरमा मूसो असाध्यसित जाग्दछ ॥