Jump to content

Page:Ritubichar.pdf/60: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|५२}}
{{pcn|५२}}
हात गोडा सबै बाँधी झोक्रिन्छ जगतै सब ।
हात गोडा सबै बाँधी झोक्रिन्छ जगतै सब ।
हुस्सूका माझमा फुस्स हुन्छ कर्तव्यगौरव
हुस्सूका माझमा फुस्स हुन्छ कर्तव्य-गौरव


{{pcn|५३}}
{{pcn|५३}}
दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी ।
दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी ।
धर्मभीरु, दयापूर्ण निर्लोभी सज्जनैसरी
धर्म-भीरु, दयापूर्ण निर्लोभी सज्जनै-सरी


{{pcn|५४}}
{{pcn|५४}}
बारुलाले सरी हर्दम्, ठण्डीले उग्र चिल्दछ ।
बारुलाले सरी हर्दम्, ठण्डीले उग्र चिल्दछ ।
भाग्यले औषधीतुल्य पाहार तर मिल्दछ ॥
भाग्यले औषधी-तुल्य पाहार तर मिल्दछ ॥


{{pcn|५५}}
{{pcn|५५}}
यद्गदाऽऽकार भै बस्छ दुनियाँ सब घाममा ।
गद्‌गदाऽऽकार भै बस्छ दुनियाँ सब घाममा ।
योगारूढ महात्मा झैं दिव्य कैवल्यधाममा
योगारूढ महात्मा झैँ दिव्य कैवल्य-धाममा


{{pcn|५६}}
{{pcn|५६}}
जस्तो पाहारमा प्रेम दुनियाँको छ हालमा ।
जस्तो पाहारमा प्रेम दुनियाँको छ हालमा ।
उत्तिको प्रेम के होला अन्त यो सृष्टिजालमा ?
उत्तिको प्रेम के होला अन्त यो सृष्टि-जालमा ?


{{pcn|५७}}
{{pcn|५७}}
पाहाररूप यो दिव्य शीतसंहारसाधन
पाहार-रूप यो दिव्य शीत-संहारसाधन
ठूला साना सबैलाई जीवनीको ठुलो धन ॥
ठूला साना सबैलाई जीवनीको ठुलो धन ॥


{{pcn|५८}}
{{pcn|५८}}
लिँदालिंदैमा स्वर्गीय शान्ति पाहारमा बसी ।
लिँदा-लिँदैमा स्वर्गीय शान्ति पाहारमा बसी ।
खडा हुन्छे कडा काली तत्कालै रात्रिराक्षसी
खडा हुन्छे कडा काली तत्कालै रात्रि-राक्षसी


{{pcn|५९}}
{{pcn|५९}}
निस्की कलमुखी रात्रि जहाँ शूर्पणखासरी
निस्की कलमुखी रात्रि जहाँ शूर्पणखा-सरी
जानकी पद्मिनीलाई वहाँ बाधा कठैबरी ॥
जान-की पद्मिनीलाई वहाँ बाधा कठैबरी ॥


{{pcn|६०}}
{{pcn|६०}}
रामाऽऽत्मा रविले रात्रिराक्षसीको चुरीफुरी
रामाऽऽत्मा रविले रात्रि-राक्षसीको चुरी-फुरी
पाहारखड्गले हर्दा चल्यो अर्कै कडा हुरी ॥
पाहार-खड्गले हर्दा चल्यो अर्कै कडा हुरी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:31, 25 May 2025

This page has been validated

५२
हात गोडा सबै बाँधी झोक्रिन्छ जगतै सब ।
हुस्सूका माझमा फुस्स हुन्छ कर्तव्य-गौरव ॥

५३
दिन हेमन्तका साह्रै खियेका छन् कठैबरी ।
धर्म-भीरु, दयापूर्ण निर्लोभी सज्जनै-सरी ॥

५४
बारुलाले सरी हर्दम्, ठण्डीले उग्र चिल्दछ ।
भाग्यले औषधी-तुल्य पाहार तर मिल्दछ ॥

५५
गद्‌गदाऽऽकार भै बस्छ दुनियाँ सब घाममा ।
योगारूढ महात्मा झैँ दिव्य कैवल्य-धाममा ॥

५६
जस्तो पाहारमा प्रेम दुनियाँको छ हालमा ।
उत्तिको प्रेम के होला अन्त यो सृष्टि-जालमा ?

५७
पाहार-रूप यो दिव्य शीत-संहारसाधन ।
ठूला साना सबैलाई जीवनीको ठुलो धन ॥

५८
लिँदा-लिँदैमा स्वर्गीय शान्ति पाहारमा बसी ।
खडा हुन्छे कडा काली तत्कालै रात्रि-राक्षसी ॥

५९
निस्की कलमुखी रात्रि जहाँ शूर्पणखा-सरी ।
जान-की पद्मिनीलाई वहाँ बाधा कठैबरी ॥

६०
रामाऽऽत्मा रविले रात्रि-राक्षसीको चुरी-फुरी ।
पाहार-खड्गले हर्दा चल्यो अर्कै कडा हुरी ॥