Jump to content

Page:Ritubichar.pdf/47: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 10: Line 10:


{{pcn|४५}}
{{pcn|४५}}
धैर्यको शान्तिको दिव्य नमूनातुल्य निश्चल ।
धैर्यको शान्तिको दिव्य नमूना-तुल्य निश्चल ।
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥


{{pcn|४६}}
{{pcn|४६}}
हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम ।
हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम ।
देखिन्छन् आत्मविद्याका सिद्धान्तसरि दुर्गम ॥
देखिन्छन् आत्म-विद्याका सिद्धान्त-सरि दुर्गम ॥


{{pcn|४७}}
{{pcn|४७}}
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली ।
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली ।
मूर्तिधारी तपस्वी झैं झल्कन्छन् हिमका चुली ॥
मूर्तिधारी तपस्वी झैँ झल्कन्छन् हिमका चुली ॥


{{pcn|४८}}
{{pcn|४८}}
हिमालका पखेरामा तलै लत्रे पयोधर ।
हिमालका पखेरामा तलै लत्रे पयोधर ।
शिवका कटिको लम्बा बाघाम्बरबराबर
शिवका कटिको लम्बा बाघाम्बर-बराबर


{{pcn|४९}}
{{pcn|४९}}
निस्कँदा पद्मिनीनाथ छिचोली मेघको वन ।
निस्कँदा पद्मिनी-नाथ छिचोली मेघको वन ।
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥


{{pcn|५०}}
{{pcn|५०}}
देखिन्छ अघिको भन्दा राम्रो कमलसंहति
देखिन्छ अघिको भन्दा राम्रो कमल-संहति
चर्को विनाशबेलाको बत्ती झैं विमलद्युति
चर्को विनाश-बेलाको बत्ती झैँ विमल-द्युति


{{pcn|५१}}
{{pcn|५१}}
थुँगा कमलका राम्रा देखिन्छन् पोखरीभरी
थुँगा कमलका राम्रा देखिन्छन् पोखरी-भरी
आकण्ठ जलमा मग्न अप्सराका मुखैसरी
आकण्ठ जलमा मग्न अप्सराका मुखै-सरी
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 08:35, 25 May 2025

This page has been validated

४३
तेस्ता प्रचण्ड तेजस्वी सूर्यको त्यो अधोगति ।
देखी हृदयले भन्छ अभिमान नले रती ॥

४४
वर्षामा मेघले ज्यादा दबायेका दिवाकर ।
अत्यासले गलेछन् कि ? चलेछन् कि उँधोतिर ?

४५
धैर्यको शान्तिको दिव्य नमूना-तुल्य निश्चल ।
अघिभन्दा पनी ज्यादा उज्यालो छ हिमाचल ॥

४६
हिमका चुचुरा सारा साह्रै स्वच्छ मनोरम ।
देखिन्छन् आत्म-विद्याका सिद्धान्त-सरि दुर्गम ॥

४७
बिहानै शिरमा पर्दा सूर्यको किरणाऽऽवली ।
मूर्तिधारी तपस्वी झैँ झल्कन्छन् हिमका चुली ॥

४८
हिमालका पखेरामा तलै लत्रे पयोधर ।
शिवका कटिको लम्बा बाघाम्बर-बराबर ॥

४९
निस्कँदा पद्मिनी-नाथ छिचोली मेघको वन ।
मुसुक्क पद्मिनी हाँसे खुशीले दङ्ग भैकन ॥

५०
देखिन्छ अघिको भन्दा राम्रो कमल-संहति ।
चर्को विनाश-बेलाको बत्ती झैँ विमल-द्युति ॥

५१
थुँगा कमलका राम्रा देखिन्छन् पोखरी-भरी ।
आकण्ठ जलमा मग्न अप्सराका मुखै-सरी ॥