Page:Ritubichar.pdf/45: Difference between revisions
No edit summary |
|||
(3 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
{{pcn|}} | {{pcn|२५}} | ||
सारा उपाधिले शून्य, शून्य आकाश यो | सारा उपाधिले शून्य, शून्य आकाश यो घरी । | ||
झल्कन्छ | झल्कन्छ कल्पना-शून्य योगीको हृदयै-सरी ॥ | ||
{{pcn|}} | {{pcn|२६}} | ||
रातमा झल्कने ज्यादा ठूला साना | रातमा झल्कने ज्यादा ठूला साना हिरा-सरी । | ||
तारा झिलिझिली गर्छन् त्यो | तारा झिलिझिली गर्छन् त्यो नीलगगनै-भरी ॥ | ||
{{pcn|}} | {{pcn|२७}} | ||
माथि छन् सक्कली तारा, नक्कली तल | माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी । | ||
तल माथि दुवैतर्फ झन्नै तुल्य छ | तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी ॥ | ||
{{pcn|}} | {{pcn|२८}} | ||
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय | देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी । | ||
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती | स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरी-थरी ॥ | ||
{{pcn|}} | {{pcn|२९}} | ||
झल्कन्छ राति आकाश ती ताराहरुले | झल्कन्छ राति आकाश ती ताराहरुले गरी । | ||
योगीका | योगीका सुख-शय्याको कार्चोपी चाँदनी-सरी ॥ | ||
{{pcn|}} | {{pcn|३०}} | ||
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा | रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन । | ||
सच्चा अमृतका टुक्रा | सच्चा अमृतका टुक्रा कम-बेसी थिये कुन ? | ||
{{pcn|}} | {{pcn|३१}} | ||
शान्त भै ठाममा आये ठूला | शान्त भै ठाममा आये ठूला नद-नदी सब । | ||
सबैको अस्थिरै हुन्छ उर्लंदो | सबैको अस्थिरै हुन्छ उर्लंदो वेग-वैभव ॥ | ||
{{pcn|}} | {{pcn|३२}} | ||
जसरी भल आयेथ्यो गयो झट्ट उसै | जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी । | ||
जवानीको कडा माद दौडन्छ | जवानीको कडा माद दौडन्छ बिजुली-सरी ॥ | ||
{{pcn|}} | {{pcn|३३}} | ||
वर्षाका जोरले मात्र उर्लेका खहरे | वर्षाका जोरले मात्र उर्लेका खहरे जती । | ||
छोडी आडम्बरी फूर्ति बन्न थाले | छोडी आडम्बरी फूर्ति बन्न थाले बक-व्रती ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:27, 25 May 2025
२५
सारा उपाधिले शून्य, शून्य आकाश यो घरी ।
झल्कन्छ कल्पना-शून्य योगीको हृदयै-सरी ॥
२६
रातमा झल्कने ज्यादा ठूला साना हिरा-सरी ।
तारा झिलिझिली गर्छन् त्यो नीलगगनै-भरी ॥
२७
माथि छन् सक्कली तारा, नक्कली तल जुन्किरी ।
तल माथि दुवैतर्फ झन्नै तुल्य छ माधुरी ॥
२८
देवताका हिरा हुन् वा हुन् वा स्वर्गीय जुन्किरी ।
स्वर्धुनीका छिटा हुन् वा झल्कने ती थरी-थरी ॥
२९
झल्कन्छ राति आकाश ती ताराहरुले गरी ।
योगीका सुख-शय्याको कार्चोपी चाँदनी-सरी ॥
३०
रातमा रात राम्रा छन्, राम्रा छन् दिनमा दिन ।
सच्चा अमृतका टुक्रा कम-बेसी थिये कुन ?
३१
शान्त भै ठाममा आये ठूला नद-नदी सब ।
सबैको अस्थिरै हुन्छ उर्लंदो वेग-वैभव ॥
३२
जसरी भल आयेथ्यो गयो झट्ट उसै गरी ।
जवानीको कडा माद दौडन्छ बिजुली-सरी ॥
३३
वर्षाका जोरले मात्र उर्लेका खहरे जती ।
छोडी आडम्बरी फूर्ति बन्न थाले बक-व्रती ॥