Page:Ritubichar.pdf/43: Difference between revisions
→Not proofread: Created page with " आफना जलधाराले बढेको विश्वको खुशी। हेर्न लाग्यो कि वा मेघ खिस्स हाँसी परै बसी?।। ७ रूपरङ्गादिले शून्य सत्त्वशेष कुनै धन। जीवन्मुक्तसरी थाले हावामाफिक खेलन।। ८ सेता बादलका टुक्रा..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|७}} | |||
आफना जल-धाराले बढेको विश्वको खुशी । | |||
हेर्न लाग्यो कि वा मेघ खिस्स हाँसी परै बसी ? | |||
{{pcn|८}} | |||
रूप-रङ्गादिले शून्य सत्त्व-शेष कुनै धन । | |||
जीवन्मुक्त-सरी थाले हावा-माफिक खेलन ॥ | |||
{{pcn|९}} | |||
सेता बादलका टुक्रा कुना-कानी अली अली । | |||
सेता बादलका टुक्रा | चल्छन् बिस्तार बिस्तारै कलिमा साधु झैँ गली ॥ | ||
चल्छन् बिस्तार बिस्तारै कलिमा साधु | |||
{{pcn|१०}} | |||
बडो उज्यालो आनन्दी भगवान् | बडो उज्यालो आनन्दी भगवान् शङ्करै-सरी । | ||
हिमालमा पस्यो मेघ | हिमालमा पस्यो मेघ विश्व-बाधा सबै हरी ॥ | ||
मेघ | {{pcn|११}} | ||
अन्त्यमा शान्ति जो लिन्छन् उनै हुन् | मेघ झैँ विश्व-सेवामा लगाई शुद्ध जीवन । | ||
अन्त्यमा शान्ति जो लिन्छन् उनै हुन् मुक्तिभाजन ॥ | |||
हरायी मेघका साथै उज्याली बिजुली | |||
भर्ता गयेपछी कान्ता रहन्थी अन्त के भनी? | {{pcn|१२}} | ||
हरायी मेघका साथै उज्याली बिजुली पनि । | |||
भर्ता गयेपछी कान्ता रहन्थी अन्त के भनी ? | |||
हिन्दूसाम्राज्य | |||
{{pcn|१३}} | |||
मेघले अघि वर्षामा गरेका | जगद्व्यापी उही मेघ टुक्रा टुक्रा भईकन । | ||
फलरूप नयाँ रङ्ग निस्क्यो कि सब सृष्टिको? | हिन्दूसाम्राज्य झैँ आज गिर्यो पायिन्न देखन ॥ | ||
दिव्य | {{pcn|१४}} | ||
निस्केको तुल्य देखिन्छ उज्यालो | मेघले अघि वर्षामा गरेका पुण्य-वृष्टिको । | ||
फलरूप नयाँ रङ्ग निस्क्यो कि सब सृष्टिको ? | |||
{{pcn|१५}} | |||
दिव्य सौभाग्य-धारामा नुहाई भइ निर्मल । | |||
निस्केको तुल्य देखिन्छ उज्यालो विश्वमण्डल ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 08:17, 25 May 2025
७
आफना जल-धाराले बढेको विश्वको खुशी ।
हेर्न लाग्यो कि वा मेघ खिस्स हाँसी परै बसी ?
८
रूप-रङ्गादिले शून्य सत्त्व-शेष कुनै धन ।
जीवन्मुक्त-सरी थाले हावा-माफिक खेलन ॥
९
सेता बादलका टुक्रा कुना-कानी अली अली ।
चल्छन् बिस्तार बिस्तारै कलिमा साधु झैँ गली ॥
१०
बडो उज्यालो आनन्दी भगवान् शङ्करै-सरी ।
हिमालमा पस्यो मेघ विश्व-बाधा सबै हरी ॥
११
मेघ झैँ विश्व-सेवामा लगाई शुद्ध जीवन ।
अन्त्यमा शान्ति जो लिन्छन् उनै हुन् मुक्तिभाजन ॥
१२
हरायी मेघका साथै उज्याली बिजुली पनि ।
भर्ता गयेपछी कान्ता रहन्थी अन्त के भनी ?
१३
जगद्व्यापी उही मेघ टुक्रा टुक्रा भईकन ।
हिन्दूसाम्राज्य झैँ आज गिर्यो पायिन्न देखन ॥
१४
मेघले अघि वर्षामा गरेका पुण्य-वृष्टिको ।
फलरूप नयाँ रङ्ग निस्क्यो कि सब सृष्टिको ?
१५
दिव्य सौभाग्य-धारामा नुहाई भइ निर्मल ।
निस्केको तुल्य देखिन्छ उज्यालो विश्वमण्डल ॥