Jump to content

Page:Ritubichar.pdf/40: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|८८}}
{{pcn|८८}}
नाचे पुच्छर हल्लाई बोली फेरि चिभेचरी
नाचे पुच्छर हल्लाई बोली फेरि चिभे-चरी
वियोगिनी निभायेका कालका दूतिकासरी
वियोगिनी निभायेका कालका दूतिका-सरी


{{pcn|८९}}
{{pcn|८९}}
झर्नाले शिरको सारा भुवा सारौं कठैबरी
झर्नाले शिरको सारा भुवा सारौँ कठैबरी !
मुडुला भै घुमेका छन् मानू क्षपणकैसरी
मुडुला भै घुमेका छन् मानू क्षपणकै-सरी


{{pcn|९०}}
{{pcn|९०}}
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरीथरी
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरी-थरी
अप्सराले खसालेका रत्नका हारको सरी ॥
अप्सराले खसालेका रत्नका हारको सरी ॥


{{pcn|९१}}
{{pcn|९१}}
गर्मीरूपी बडो तेजी अल्झेको मेघपाशले
गर्मी-रूपी बडो तेजी अल्झेको मेघ-पाशले
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ?
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ?


Line 22: Line 22:


{{pcn|९३}}
{{pcn|९३}}
लाम्खुट्टे रोकनालाई मेघरूपी ठुलो झुल ।
लाम्खुट्टे रोकनालाई मेघ-रूपी ठुलो झुल ।
हाले कि दिननाथैले छोपी टम्म नभस्तल ?
हाले कि दिननाथैले छोपी टम्म नभस्तल ?


{{pcn|९४}}
{{pcn|९४}}
घूमघाम अघी हुन्थ्यो बीचमा खालि घाम भो ।
घूम-घाम अघी हुन्थ्यो बीचमा खालि घाम भो ।
अहिले घूमको काम, घूमघाम तमाम भो ॥
अहिले घूमको काम, 'घूम-घाम' तमाम भो ॥


{{pcn|९५}}
{{pcn|९५}}
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी ।
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी ।
पन्नाको कान्ति झल्कन्छ ईँट पत्थरमा पनि ॥
पन्नाको कान्ति झल्कन्छ ईंट पत्थरमा पनि ॥


{{pcn|९६}}
{{pcn|९६}}

Latest revision as of 23:26, 24 May 2025

This page has been validated

८८
नाचे पुच्छर हल्लाई बोली फेरि चिभे-चरी ।
वियोगिनी निभायेका कालका दूतिका-सरी ॥

८९
झर्नाले शिरको सारा भुवा सारौँ कठैबरी !
मुडुला भै घुमेका छन् मानू क्षपणकै-सरी ॥

९०
इन्द्रिनीको प्रभा राम्रो झल्कँदो छ थरी-थरी ।
अप्सराले खसालेका रत्नका हारको सरी ॥

९१
गर्मी-रूपी बडो तेजी अल्झेको मेघ-पाशले ।
मृग हानी उभ्याये कि कुनामा धनु इन्द्रले ?

९२
अँध्यारो मुख लायेर मेघ लत्र्यो जती जती ।
उज्यालो खेतिवालाको चित्त हुन्छ उती उती ॥

९३
लाम्खुट्टे रोकनालाई मेघ-रूपी ठुलो झुल ।
हाले कि दिननाथैले छोपी टम्म नभस्तल ?

९४
घूम-घाम अघी हुन्थ्यो बीचमा खालि घाम भो ।
अहिले घूमको काम, 'घूम-घाम' तमाम भो ॥

९५
साध्य छैन यहाँसम्म हरियाली बढ्यो भनी ।
पन्नाको कान्ति झल्कन्छ ईंट पत्थरमा पनि ॥

९६
बिझाउने बडा ठाडा देखदा बाँसका मुना ।
गाम पिर्ने पिराहाको मनमा हुन्छ सम्झना ॥