Jump to content

Page:Ritubichar.pdf/39: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|७९}}
{{pcn|७९}}
विरहीजलको श्रेणी आँशुले परिपूरित ।
विरही-जलको श्रेणी आँशुले परिपूरित ।
पला पलामा दाँजिन्छ वर्षाको रजनीसित
पला पलामा दाँजिन्छ वर्षाको रजनी-सित


{{pcn|८०}}
{{pcn|८०}}
Line 10: Line 10:


{{pcn|८१}}
{{pcn|८१}}
विधिले फूलको सार कदम्का फूलमा भरी ।
विधिले फूलको सार कदम्‌का फूलमा भरी ।
गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी ?
गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी ?


{{pcn|८२}}
{{pcn|८२}}
गुणका भारले नम्र गुणीतुल्य अली तल ।
गुणका भारले नम्र गुणी-तुल्य अली तल ।
झुके दारीमका हाँगा लागनाले ठुला फल ॥
झुके दारीमका हाँगा लागनाले ठुला फल ॥


{{pcn|८३}}
{{pcn|८३}}
वनमा विरही बोली बोल्दछन् न्याहुलीचरी
वनमा विरही बोली बोल्दछन् न्याहुली-चरी
चिरिन्छ परदेशीको दुःखी हृदय चर्चरी ॥
चिरिन्छ परदेशीको दुःखी हृदय चर्चरी ॥


Line 26: Line 26:


{{pcn|८५}}
{{pcn|८५}}
विरहीजनको छाती बन्चराले सरी चिरी ।
विरही-जनको छाती बन्चराले सरी चिरी ।
बोल्दछन् मत्त भै तित्रा तित्तिरी, तित्तिरी गरी ॥
बोल्दछन् मत्त भै तित्रा 'तित्तिरी, तित्तिरी' गरी ॥


{{pcn|८६}}
{{pcn|८६}}
Line 35: Line 35:
{{pcn|८७}}
{{pcn|८७}}
तामे ढुक्कुरका भाले करायेर घुमी घुमी ।
तामे ढुक्कुरका भाले करायेर घुमी घुमी ।
नाचेका देखदाखेरी मन हुन्छ रिमीझिमी
नाचेका देखदा-खेरी मन हुन्छ रिमी-झिमी
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 23:22, 24 May 2025

This page has been validated

७९
विरही-जलको श्रेणी आँशुले परिपूरित ।
पला पलामा दाँजिन्छ वर्षाको रजनी-सित ॥

८०
पखालियो, बग्यो गैगो भलमा पुष्पको रस ।
भयो भ्रमरका निम्ति यो वर्षाकाल नीरस ॥

८१
विधिले फूलको सार कदम्‌का फूलमा भरी ।
गोलाऽऽकार बनायो कि सबै बग्ला भनी डरी ?

८२
गुणका भारले नम्र गुणी-तुल्य अली तल ।
झुके दारीमका हाँगा लागनाले ठुला फल ॥

८३
वनमा विरही बोली बोल्दछन् न्याहुली-चरी ।
चिरिन्छ परदेशीको दुःखी हृदय चर्चरी ॥

८४
मेघको शब्द सुन्नाले प्रेमले दङ्ग भैकन ।
थाले मयूरका भाले नाची नाची कराउन ॥

८५
विरही-जनको छाती बन्चराले सरी चिरी ।
बोल्दछन् मत्त भै तित्रा 'तित्तिरी, तित्तिरी' गरी ॥

८६
मानी त्यो हंसको श्रेणी पुग्यो मानसरोवर ।
अपमान जहाँ हुन्छ वहाँ को वास गर्छ र ?

८७
तामे ढुक्कुरका भाले करायेर घुमी घुमी ।
नाचेका देखदा-खेरी मन हुन्छ रिमी-झिमी ॥