Jump to content

Page:Ritubichar.pdf/35: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(3 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|}}
{{pcn|४३}}
दिने मेघ सर्यो माथि, लिने खोला बगे तल।
दिने मेघ सर्‍यो माथि, लिने खोला बगे तल ।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल।।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥


{{pcn|}}
{{pcn|४४}}
वर्षाउँदा अहो यौटा मेघले जल सम्पति।
वर्षाउँदा अहो ! यौटा मेघले जल सम्पति ।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति।।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥


{{pcn|}}
{{pcn|४५}}
लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ।
लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ ।
यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ।।
यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ ॥


{{pcn|}}
{{pcn|४६}}
पियारी बिजुलीलाई लोकले खींचदामहाँ।
पियारी बिजुलीलाई लोकले खीँचदामहाँ ।
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ।।
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥


{{pcn|}}
{{pcn|४७}}
जथाभावी छरी पानी जुवाको हरुवासरी।
जथाभावी छरी पानी जुवाको हरुवा-सरी ।
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी।।
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥


{{pcn|}}
{{pcn|४८}}
जाती पानी कतै छैन, बाढीले सब मैलियो।
जाती पानी कतै छैन, बाढीले सब मैलियो ।
भलले कलिले तुल्य एकैछत्त गरीदियो।।
भलले कलिले तुल्य एकैछत्त गरी-दियो ॥


{{pcn|}}
{{pcn|४९}}
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ।
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ ।
गुणलाई पनी मूर्ख दोषपूर्ण तुल्याउँछ।।
गुणलाई पनी मूर्ख दोष-पूर्ण तुल्याउँछ ॥


{{pcn|}}
{{pcn|५०}}
धमिला भलका साथ माछा पनि बडे बडे।
धमिला भलका साथ माछा पनि बडे बडे ।
कलिको सङ्ग पायेका दुराचारसरी बढे।।
कलिको सङ्ग पायेका दुराचार-सरी बढे ॥


{{pcn|}}
{{pcn|५१}}
काला पहाडका सेता पानीमा छहरा छुटे।
काला पहाडका सेता पानीमा छहरा छुटे ।
कृष्णका छातिमा मुक्ताहारको उपमा लुटे।।
कृष्णका छातिमा मुक्ता-हारको उपमा लुटे ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 23:08, 24 May 2025

This page has been validated

४३
दिने मेघ सर्‍यो माथि, लिने खोला बगे तल ।
दिने लिनेको प्रत्यक्ष देखियो भेद उज्ज्वल ॥

४४
वर्षाउँदा अहो ! यौटा मेघले जल सम्पति ।
कुवा, खोला, नदी, नाला सबैमा छ समुन्नति ॥

४५
लोक भन्छ पुग्यो पानी किन्तु मेघ खन्याउँछ ।
यस्तै व्यक्ति महादानी लोकमा कहलाउँछ ॥

४६
पियारी बिजुलीलाई लोकले खीँचदामहाँ ।
रिसायेको सरी मेघ गर्जंदै छ जहाँ तहाँ ॥

४७
जथाभावी छरी पानी जुवाको हरुवा-सरी ।
धुम्मिन्छ छेउ लागेर कालो मेघ घरी घरी ॥

४८
जाती पानी कतै छैन, बाढीले सब मैलियो ।
भलले कलिले तुल्य एकैछत्त गरी-दियो ॥

४९
मेघ दिन्छ सफा पानी माटाले धमिल्याउँछ ।
गुणलाई पनी मूर्ख दोष-पूर्ण तुल्याउँछ ॥

५०
धमिला भलका साथ माछा पनि बडे बडे ।
कलिको सङ्ग पायेका दुराचार-सरी बढे ॥

५१
काला पहाडका सेता पानीमा छहरा छुटे ।
कृष्णका छातिमा मुक्ता-हारको उपमा लुटे ॥