Page:Ritubichar.pdf/32: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी । | नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी । | ||
ताल दिन्छ तबल्ची | ताल दिन्छ तबल्ची झैँ मेघ 'धाकिटि धाकिटी' ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
Line 18: | Line 18: | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
जति | जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो । | ||
मेघले बिजुली-रूप झण्डा विजयको गड्यो ॥ | मेघले बिजुली-रूप झण्डा विजयको गड्यो ॥ | ||
Line 31: | Line 31: | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी । | पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी । | ||
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास | सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैँ गरी ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} |
Latest revision as of 23:00, 24 May 2025
This page has been validated
१६
मेघमाला मिले एकै-छत्त भै गगनै-भरी ।
उर्लंदै सिन्धुमा चारै-तर्फबाट नदी-सरी ॥
१७
नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी ।
ताल दिन्छ तबल्ची झैँ मेघ 'धाकिटि धाकिटी' ॥
१८
घरी-घरी त्यो देखिन्छे मेघमा बिजुली परी ।
कृष्णका काखमा मानू लेटेकी राधिका-सरी ॥
१९
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरी-थरी ।
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभा-सरी ॥
२०
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो ।
मेघले बिजुली-रूप झण्डा विजयको गड्यो ॥
२१
घनक्क पारी घन्काई गम्भीर जय-डिण्डिम ।
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥
२२
पहिला जलका बिन्दु जोरले जुन आउँछन् ।
रूपमा पुतली-तुल्य धूपमा ती बिलाउँछन् ॥
२३
पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी ।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैँ गरी ॥
२४
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ ।
स्वर्गीय सुख-वर्षाको मनमा हर्ष आउँछ ॥