Page:Ritubichar.pdf/32: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
मेघमाला मिले | मेघमाला मिले एकै-छत्त भै गगनै-भरी । | ||
उर्लंदै सिन्धुमा | उर्लंदै सिन्धुमा चारै-तर्फबाट नदी-सरी ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी । | |||
ताल दिन्छ तबल्ची | ताल दिन्छ तबल्ची झैँ मेघ 'धाकिटि धाकिटी' ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
घरी-घरी त्यो देखिन्छे मेघमा बिजुली परी । | |||
कृष्णका काखमा मानू लेटेकी | कृष्णका काखमा मानू लेटेकी राधिका-सरी ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
राम्रा नयाँ नयाँ रङ्ग निकालेर | राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरी-थरी । | ||
सङ्घ चक्कर खाँदै छ कविको | सङ्घ चक्कर खाँदै छ कविको प्रतिभा-सरी ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
जति | जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो । | ||
मेघले | मेघले बिजुली-रूप झण्डा विजयको गड्यो ॥ | ||
{{pcn|२१}} | {{pcn|२१}} | ||
घनक्क पारी घन्काई गम्भीर | घनक्क पारी घन्काई गम्भीर जय-डिण्डिम । | ||
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥ | गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥ | ||
{{pcn|२२}} | {{pcn|२२}} | ||
पहिला जलका बिन्दु जोरले जुन आउँछन् । | पहिला जलका बिन्दु जोरले जुन आउँछन् । | ||
रूपमा | रूपमा पुतली-तुल्य धूपमा ती बिलाउँछन् ॥ | ||
{{pcn|२३}} | {{pcn|२३}} | ||
पहिले | पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी । | ||
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास | सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैँ गरी ॥ | ||
{{pcn|२४}} | {{pcn|२४}} | ||
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ । | साना सीकरले सारा अङ्ग सर्र रसाउँछ । | ||
स्वर्गीय | स्वर्गीय सुख-वर्षाको मनमा हर्ष आउँछ ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:00, 24 May 2025
This page has been validated
१६
मेघमाला मिले एकै-छत्त भै गगनै-भरी ।
उर्लंदै सिन्धुमा चारै-तर्फबाट नदी-सरी ॥
१७
नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी ।
ताल दिन्छ तबल्ची झैँ मेघ 'धाकिटि धाकिटी' ॥
१८
घरी-घरी त्यो देखिन्छे मेघमा बिजुली परी ।
कृष्णका काखमा मानू लेटेकी राधिका-सरी ॥
१९
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरी-थरी ।
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभा-सरी ॥
२०
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो ।
मेघले बिजुली-रूप झण्डा विजयको गड्यो ॥
२१
घनक्क पारी घन्काई गम्भीर जय-डिण्डिम ।
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥
२२
पहिला जलका बिन्दु जोरले जुन आउँछन् ।
रूपमा पुतली-तुल्य धूपमा ती बिलाउँछन् ॥
२३
पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी ।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैँ गरी ॥
२४
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ ।
स्वर्गीय सुख-वर्षाको मनमा हर्ष आउँछ ॥