Page:Ritubichar.pdf/32: Difference between revisions
Appearance
→Not proofread: Created page with " मेघमाला मिले एकैछत्त भै गगनैभरी। उर्लंदै सिन्धुमा चारैतर्फबाट नदीसरी।। १६ नाट्यशाला छ आकाश, नाचले बिजुली नटी। ताल दिन्छ तबल्ची झैं मेघ धाकिटि धाकिटी। १७ घरीघरी त्यो देखिन्छे मे..." |
|||
(4 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
{{pcn|१६}} | |||
मेघमाला मिले एकै-छत्त भै गगनै-भरी । | |||
उर्लंदै सिन्धुमा चारै-तर्फबाट नदी-सरी ॥ | |||
{{pcn|१७}} | |||
नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी । | |||
ताल दिन्छ तबल्ची झैँ मेघ 'धाकिटि धाकिटी' ॥ | |||
ताल दिन्छ तबल्ची | {{pcn|१८}} | ||
घरी-घरी त्यो देखिन्छे मेघमा बिजुली परी । | |||
कृष्णका काखमा मानू लेटेकी राधिका-सरी ॥ | |||
कृष्णका काखमा मानू लेटेकी | |||
{{pcn|१९}} | |||
राम्रा नयाँ नयाँ रङ्ग निकालेर | राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरी-थरी । | ||
सङ्घ चक्कर खाँदै छ कविको | सङ्घ चक्कर खाँदै छ कविको प्रतिभा-सरी ॥ | ||
जति | {{pcn|२०}} | ||
मेघले | जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो । | ||
मेघले बिजुली-रूप झण्डा विजयको गड्यो ॥ | |||
घनक्क पारी घन्काई गम्भीर | |||
गर्न लाग्यो महामेघ जलको वृष्टि | {{pcn|२१}} | ||
घनक्क पारी घन्काई गम्भीर जय-डिण्डिम । | |||
पहिला जलका बिन्दु जोरले जुन | गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥ | ||
रूपमा | |||
{{pcn|२२}} | |||
पहिले | पहिला जलका बिन्दु जोरले जुन आउँछन् । | ||
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास | रूपमा पुतली-तुल्य धूपमा ती बिलाउँछन् ॥ | ||
साना सीकरले सारा अङ्ग सर्र | {{pcn|२३}} | ||
स्वर्गीय | पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी । | ||
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैँ गरी ॥ | |||
{{pcn|२४}} | |||
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ । | |||
स्वर्गीय सुख-वर्षाको मनमा हर्ष आउँछ ॥ | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 23:00, 24 May 2025
This page has been validated
१६
मेघमाला मिले एकै-छत्त भै गगनै-भरी ।
उर्लंदै सिन्धुमा चारै-तर्फबाट नदी-सरी ॥
१७
नाट्य-शाला छ आकाश, नाचले बिजुली नटी ।
ताल दिन्छ तबल्ची झैँ मेघ 'धाकिटि धाकिटी' ॥
१८
घरी-घरी त्यो देखिन्छे मेघमा बिजुली परी ।
कृष्णका काखमा मानू लेटेकी राधिका-सरी ॥
१९
राम्रा नयाँ नयाँ रङ्ग निकालेर थरी-थरी ।
सङ्घ चक्कर खाँदै छ कविको प्रतिभा-सरी ॥
२०
जति हेर्यो उती राम्रो रङ्ग आकाशमा चढ्यो ।
मेघले बिजुली-रूप झण्डा विजयको गड्यो ॥
२१
घनक्क पारी घन्काई गम्भीर जय-डिण्डिम ।
गर्न लाग्यो महामेघ जलको वृष्टि झम्झम ॥
२२
पहिला जलका बिन्दु जोरले जुन आउँछन् ।
रूपमा पुतली-तुल्य धूपमा ती बिलाउँछन् ॥
२३
पहिले पृथिवी-माथि वर्षंदा जल दर्दरी ।
सुगन्धी बाफ निस्कन्छ आनन्दोच्छ्वास झैँ गरी ॥
२४
साना सीकरले सारा अङ्ग सर्र रसाउँछ ।
स्वर्गीय सुख-वर्षाको मनमा हर्ष आउँछ ॥