Page:Ritubichar.pdf/31: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|७}} | {{pcn|७}} | ||
खिँची लपलपाऽऽकार तर्बार बिजुलीमय । | |||
गर्जन्छ रणमा मत्त वीर | गर्जन्छ रणमा मत्त वीर झैँ मेघ निर्भय ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
शिवले विष | शिवले विष झैँ सारा चर्को गर्मी पिईकन । | ||
थाल्यो कि | थाल्यो कि बिजुली-जिभ्रो काढी मेघ मडारिन ? | ||
{{pcn|९}} | {{pcn|९}} | ||
घरी मिलिक्क मिल्कन्छ घरी गडगडाउँछ । | घरी मिलिक्क मिल्कन्छ घरी गडगडाउँछ । | ||
घरी त्यो | घरी त्यो नगरा-तुल्य जोरले घुहुनाउँछ ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
अथवा जलको भारी गह्रुङ्गो भै गलीगली । | अथवा जलको भारी गह्रुङ्गो भै गलीगली । | ||
चल्छ त्यो | चल्छ त्यो बिजुली-रूप लट्ठी टेकी अलीअली ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
बिजुली नामको यद्वा छहरा अति निर्मल । | बिजुली नामको यद्वा छहरा अति निर्मल । | ||
स्वर्धुनीको खसेको हो छिचोली मेघ | स्वर्धुनीको खसेको हो छिचोली मेघ जङ्गल ? | ||
{{pcn|१२}} | {{pcn|१२}} | ||
यस्तै छ | यस्तै छ जीवन-ज्योति अँध्यारामा भनीकन । | ||
देखायो विधिले यद्वा बिजुलीको निदर्शन ? | देखायो विधिले यद्वा बिजुलीको निदर्शन ? | ||
{{pcn|१३}} | {{pcn|१३}} | ||
मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन आउँछ । | मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन आउँछ । | ||
विश्वको | विश्वको जीवन-ज्योति उसैले जग्मगाउँछ ॥ | ||
{{pcn|१४}} | {{pcn|१४}} | ||
जो त्यो | जो त्यो मिलमिली-रूप मेघको मन्दहास छ । | ||
उसमा तीव्र गर्मीका बलको उपहास छ ॥ | उसमा तीव्र गर्मीका बलको उपहास छ ॥ | ||
{{pcn|१५}} | {{pcn|१५}} | ||
हास्य-गर्भित गम्भीर सुन्दा त्यो मेघ-गर्जन । | |||
सारा संसार सम्झन्छ भावि | सारा संसार सम्झन्छ भावि सौभाग्य-सूचन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:57, 24 May 2025
This page has been validated
७
खिँची लपलपाऽऽकार तर्बार बिजुलीमय ।
गर्जन्छ रणमा मत्त वीर झैँ मेघ निर्भय ॥
८
शिवले विष झैँ सारा चर्को गर्मी पिईकन ।
थाल्यो कि बिजुली-जिभ्रो काढी मेघ मडारिन ?
९
घरी मिलिक्क मिल्कन्छ घरी गडगडाउँछ ।
घरी त्यो नगरा-तुल्य जोरले घुहुनाउँछ ॥
१०
अथवा जलको भारी गह्रुङ्गो भै गलीगली ।
चल्छ त्यो बिजुली-रूप लट्ठी टेकी अलीअली ॥
११
बिजुली नामको यद्वा छहरा अति निर्मल ।
स्वर्धुनीको खसेको हो छिचोली मेघ जङ्गल ?
१२
यस्तै छ जीवन-ज्योति अँध्यारामा भनीकन ।
देखायो विधिले यद्वा बिजुलीको निदर्शन ?
१३
मिलिक्क मिल्कँदा मेघ प्रकाश जुन आउँछ ।
विश्वको जीवन-ज्योति उसैले जग्मगाउँछ ॥
१४
जो त्यो मिलमिली-रूप मेघको मन्दहास छ ।
उसमा तीव्र गर्मीका बलको उपहास छ ॥
१५
हास्य-गर्भित गम्भीर सुन्दा त्यो मेघ-गर्जन ।
सारा संसार सम्झन्छ भावि सौभाग्य-सूचन ॥