Page:Ritubichar.pdf/28: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 6: | Line 6: | ||
{{pcn|९०}} | {{pcn|९०}} | ||
ग्रीष्ममा सूर्यको छैन चन्द्रको | ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैँ प्रशंसन । | ||
भला हुन्थ्यो | भला हुन्थ्यो सदा-काल कहाँ ज्यादा गरम्पन ? | ||
{{pcn|९१}} | {{pcn|९१}} | ||
दिन रात दुवैको छ चौथो याम मनोहर । | दिन रात दुवैको छ चौथो याम मनोहर । | ||
चतुर्थाऽऽश्रम | चतुर्थाऽऽश्रम झैँ आर्य-जातिको शान्ति-मन्दिर ॥ | ||
{{pcn|९२}} | {{pcn|९२}} | ||
Line 18: | Line 18: | ||
{{pcn|९३}} | {{pcn|९३}} | ||
उदयाऽचलमा चारु निस्कँदा | उदयाऽचलमा चारु निस्कँदा चन्द्र-मण्डल । | ||
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥ | ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥ | ||
{{pcn|९४}} | {{pcn|९४}} | ||
चन्द्रको चाँदनी स्वच्छ लिनलाई | चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरी-थरी । | ||
अटालीमा चढी बस्छन् रातमा | अटालीमा चढी बस्छन् रातमा च्याखुरा-सरी ॥ | ||
{{pcn|९५}} | {{pcn|९५}} | ||
प्रचण्ड घामले गर्दा | प्रचण्ड घामले गर्दा शुष्क-प्राय चराचर । | ||
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥ | रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥ | ||
{{pcn|९६}} | {{pcn|९६}} | ||
कर्पूर-द्रव झैँ चीसो चन्द्रको दिव्य चाँदनी । | |||
पर्दा सर्र रसायेर | पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी ॥ | ||
{{pcn|९७}} | {{pcn|९७}} | ||
बिहानीपखको राती मिल्छ जो | बिहानीपखको राती मिल्छ जो शीतलो-पन । | ||
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥ | विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:47, 24 May 2025
८९
अस्ताऽद्रिका चुलीबाट घर्क्यो घाम अली जब ।
जलवासी अनी हाँसी निस्कन्छन् तीरमा सब ॥
९०
ग्रीष्ममा सूर्यको छैन चन्द्रको झैँ प्रशंसन ।
भला हुन्थ्यो सदा-काल कहाँ ज्यादा गरम्पन ?
९१
दिन रात दुवैको छ चौथो याम मनोहर ।
चतुर्थाऽऽश्रम झैँ आर्य-जातिको शान्ति-मन्दिर ॥
९२
दिनमा जीवनाऽऽशाको लहरा जो हराउँछ ।
चन्द्रिकाऽऽमृत पायेर रातमा त्यो पह्लाउँछ ॥
९३
उदयाऽचलमा चारु निस्कँदा चन्द्र-मण्डल ।
ढकमक्क भई फुल्छ मनःकुमुद निर्मल ॥
९४
चन्द्रको चाँदनी स्वच्छ लिनलाई थरी-थरी ।
अटालीमा चढी बस्छन् रातमा च्याखुरा-सरी ॥
९५
प्रचण्ड घामले गर्दा शुष्क-प्राय चराचर ।
रसाई चन्द्रले पारे सार्थ नाम सुधाकर ॥
९६
कर्पूर-द्रव झैँ चीसो चन्द्रको दिव्य चाँदनी ।
पर्दा सर्र रसायेर अङ्कुराउँछ जीवनी ॥
९७
बिहानीपखको राती मिल्छ जो शीतलो-पन ।
विश्वको त्यो उझिन्नामा झुण्डियेको छ जीवन ॥