Page:Ritubichar.pdf/24: Difference between revisions
Appearance
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 23: | Line 23: | ||
{{pcn|५८}} | {{pcn|५८}} | ||
ज्वाला-जाल फिँजारेको खडेरी-रूप दानव । | ज्वाला-जाल फिँजारेको खडेरी-रूप दानव । | ||
देखी डरी डरी दप्के किन्नरी | देखी डरी डरी दप्के किन्नरी झैँ चरी सब ॥ | ||
{{pcn|५९}} | {{pcn|५९}} | ||
वैलाये घामले राम्रा भरिला पुष्प-पल्लव । | वैलाये घामले राम्रा भरिला पुष्प-पल्लव । | ||
दारिद्र्यले डढायेका दुःखी | दारिद्र्यले डढायेका दुःखी झैँ गत-गौरव ॥ | ||
{{pcn|६०}} | {{pcn|६०}} |
Latest revision as of 14:32, 24 May 2025
This page has been validated
५३
जलाशयहरू-नेर तुच्छ जीवन-खातिर ।
मरे पनि झुकायेन धीर चातकले शिर ॥
५४
सुन्दा चातकको तेस्तो तिर्खाले व्याकुल ध्वनि ।
नौनी-समान पग्लन्छ छाती पत्थरको पनि ॥
५५
त्यो मानी पक्षीको तेस्तो त्यो पानी-व्रत धन्य छ ।
जसको इन्द्रमा मात्र भक्तिभाव अनन्य छ ॥
५६
अरू साना-तिना पक्षी वनको भित्रभित्र छन् ।
रसिला वृक्षका पत्र उनका दिव्य मित्र छन् ॥
५७
बिचरा ती चरालाई न चाराको उमङ्ग छ ।
न कुनै वन्य-लीलाको भाव-भङ्गि-तरङ्ग छ ॥
५८
ज्वाला-जाल फिँजारेको खडेरी-रूप दानव ।
देखी डरी डरी दप्के किन्नरी झैँ चरी सब ॥
५९
वैलाये घामले राम्रा भरिला पुष्प-पल्लव ।
दारिद्र्यले डढायेका दुःखी झैँ गत-गौरव ॥
६०
माथि माथि सबै-तर्फ फर्र फाली भुवाकन ।
अग्लो सिमल लाग्यो कि सेतो मेघ बनाउन ?
६१
विद्वेषको विशेषज्ञ धीरको मनमा सरी ।
प्रभाव घामको बाक्ला वनमा पर्छ बाहिरी ॥