Jump to content

Page:Ritubichar.pdf/15: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:


{{pcn|८०}}
{{pcn|८०}}
गन्धर्वजातिको यद्वा यद्वा किन्नरजातिको
गन्धर्व-जातिको यद्वा यद्वा किन्नर-जातिको
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥


{{pcn|८१}}
{{pcn|८१}}
त्यो चरीका चुचाबाट निस्केको शब्दमाधुरी
त्यो चरीका चुचाबाट निस्केको शब्द-माधुरी
उही यथार्थ सम्झन्छ जुन होला उही चेरी
उही यथार्थ सम्झन्छ जुन होला उही चरी


{{pcn|८२}}
{{pcn|८२}}
बोलने उडने लाखौं खिलौना काखमा धरी ।
बोलने उडने लाखौँ खिलौना काखमा धरी ।
पालुवामा वसन्तश्री खेल खेल्छिन् थरीथरी
पालुवामा वसन्त-श्री खेल खेल्छिन् थरी-थरी


{{pcn|८३}}
{{pcn|८३}}
हेर्दा वसन्तलक्ष्मीको तेस्तो त्यो मोहिनी छवि ।
हेर्दा वसन्त-लक्ष्मीको तेस्तो त्यो मोहिनी छवि ।
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥


{{pcn|८४}}
{{pcn|८४}}
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् ।
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् ।
त्यो सुन्दा जङ्गली जन्तु सब भैंमा रमाउँछन् ॥
त्यो सुन्दा जङ्गली जन्तु सब भैँमा रमाउँछन् ॥


{{pcn|८५}}
{{pcn|८५}}
पवित्र प्रेमगङ्गामा गर्दै नित्य निमज्जन ।
पवित्र प्रेम-गङ्गामा गर्दै नित्य निमज्जन ।
थाले हरिणका झाँक हरिणीसित खेलन ॥
थाले हरिणका झाँक हरिणी-सित खेलन ॥


{{pcn|८६}}
{{pcn|८६}}
पशुपक्षी, लतावृक्ष सबैको भित्र लक्ष्यमा ।
पशु-पक्षी, लता-वृक्ष सबैको भित्र लक्ष्यमा ।
झल्कीरहेछ आनन्दी प्रेमसौन्दर्यपूर्णिमा
झल्की-रहेछ आनन्दी प्रेम-सौन्दर्य-पूर्णिमा


{{pcn|८७}}
{{pcn|८७}}
गौंथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन ।
गौँथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन ।
मायाचेतन झैं थाले गुण कृत्य जमाउन ॥
माया-चेतन झैँ थाले गुण कृत्य जमाउन ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 12:03, 24 May 2025

This page has been validated

७९
त्यो दिव्य रङ्गमा तेस्तो रङ्ग भै ती चरी सब ।
मनाउँछन् गला खोली स्वर्गीय कुन उत्सव ?

८०
गन्धर्व-जातिको यद्वा यद्वा किन्नर-जातिको ।
दिव्य गाना सिकेका छन् तिनले भाँतिभाँतिको ॥

८१
त्यो चरीका चुचाबाट निस्केको शब्द-माधुरी ।
उही यथार्थ सम्झन्छ जुन होला उही चरी ॥

८२
बोलने उडने लाखौँ खिलौना काखमा धरी ।
पालुवामा वसन्त-श्री खेल खेल्छिन् थरी-थरी ॥

८३
हेर्दा वसन्त-लक्ष्मीको तेस्तो त्यो मोहिनी छवि ।
हृदयाऽऽकाशमा दोस्रै निस्किन्छन् प्रेमका रवि ॥

८४
प्रत्येक वृक्षमा पक्षी आनन्दी गान गाउँछन् ।
त्यो सुन्दा जङ्गली जन्तु सब भैँमा रमाउँछन् ॥

८५
पवित्र प्रेम-गङ्गामा गर्दै नित्य निमज्जन ।
थाले हरिणका झाँक हरिणी-सित खेलन ॥

८६
पशु-पक्षी, लता-वृक्ष सबैको भित्र लक्ष्यमा ।
झल्की-रहेछ आनन्दी प्रेम-सौन्दर्य-पूर्णिमा ॥

८७
गौँथलीहरु साऽऽनन्द योग्य जोडी मिलीकन ।
माया-चेतन झैँ थाले गुण कृत्य जमाउन ॥