Jump to content

Page:Ritubichar.pdf/13: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(3 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|}}
{{pcn|६१}}
बडो विशाल गम्भीर नील आकाश झैं वन।
बडो विशाल गम्भीर नील आकाश झैँ वन ।
झल्कन्छन् फूलका गुच्छा तारकातुल्य शोभन।।
झल्कन्छन् फूलका गुच्छा तारका-तुल्य शोभन ॥


{{pcn|}}
{{pcn|६२}}
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो।
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो ।
बल विद्या गुमायेको भारतैतुल्य देखियो।।
बल विद्या गुमायेको भारतै-तुल्य देखियो ॥


{{pcn|}}
{{pcn|६३}}
लताजञ्जालले ज्यादा जकडेका कुनै रुख।
लता-जञ्जालले ज्यादा जकडेका कुनै रुख ।
पापका बोझले ग्रस्त पापी झैं छन् अधोमुख।।
पापका बोझले ग्रस्त पापी झैँ छन् अधोमुख ॥


{{pcn|}}
{{pcn|६४}}
लर्काई सुनगाभाको पुष्पहार कुनै रुख।
लर्काई सुनगाभाको पुष्प-हार कुनै रुख ।
विलासी झैं डटेका छन् देखाई हँसिलो मुख।।
विलासी झैँ डटेका छन् देखाई हँसिलो मुख ॥


{{pcn|}}
{{pcn|६५}}
साना ऐसेलुका दाना टिपदा ती टपाटप।
साना ऐसेलुका दाना टिपदा ती टपाटप ।
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप।।
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥


{{pcn|}}
{{pcn|६६}}
निस्के नयाँ नयाँ लाखौं वृक्षमा मञ्जु मञ्जरी।
निस्के नयाँ नयाँ लाखौँ वृक्षमा मञ्जु मञ्जरी ।
रसिला प्रतिभाशाली कविका कवितासरी।।
रसिला प्रतिभाशाली कविका कविता-सरी ॥


{{pcn|}}
{{pcn|६७}}
ऋषि झैं गरदै शुद्ध मञ्जरीमय भोजन।
ऋषि झैँ गरदै शुद्ध मञ्जरीमय भोजन ।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन।।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥


{{pcn|}}
{{pcn|६८}}
माधुर्यसिन्धुको यौटा उर्लंदो लहरीमय।
माधुर्य-सिन्धुको यौटा उर्लंदो लहरी-मय ।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय।।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥


{{pcn|}}
{{pcn|६९}}
अदना त्यो चरीलाई त्यो स्वर्गीय सरीगम।
अदना त्यो चरीलाई त्यो स्वर्गीय 'सरीगम' ।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम।।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:57, 24 May 2025

This page has been validated

६१
बडो विशाल गम्भीर नील आकाश झैँ वन ।
झल्कन्छन् फूलका गुच्छा तारका-तुल्य शोभन ॥

६२
वनका बीचमा यौटा सिक्रो वृक्ष शरीर यो ।
बल विद्या गुमायेको भारतै-तुल्य देखियो ॥

६३
लता-जञ्जालले ज्यादा जकडेका कुनै रुख ।
पापका बोझले ग्रस्त पापी झैँ छन् अधोमुख ॥

६४
लर्काई सुनगाभाको पुष्प-हार कुनै रुख ।
विलासी झैँ डटेका छन् देखाई हँसिलो मुख ॥

६५
साना ऐसेलुका दाना टिपदा ती टपाटप ।
ग्रामीण नारी सम्झन्छन् कानमा सुनका टप ॥

६६
निस्के नयाँ नयाँ लाखौँ वृक्षमा मञ्जु मञ्जरी ।
रसिला प्रतिभाशाली कविका कविता-सरी ॥

६७
ऋषि झैँ गरदै शुद्ध मञ्जरीमय भोजन ।
रातैमा कोइली लाग्यो स्वर्गीय सुर साधन ॥

६८
माधुर्य-सिन्धुको यौटा उर्लंदो लहरी-मय ।
त्यो दिव्य स्वरले गर्छ सारा हृदय तन्मय ॥

६९
अदना त्यो चरीलाई त्यो स्वर्गीय 'सरीगम' ।
सघाउने विधाताको धन्य हो त्यो परिश्रम ॥