Jump to content

Page:Ritubichar.pdf/12: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|५२}}
{{pcn|५२}}
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी ।
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी ।
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्सरी
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्-सरी


{{pcn|५३}}
{{pcn|५३}}
हावाको चालमा सारा पराग गगनैभरी
हावाको चालमा सारा पराग गगनै-भरी
फैलिँदो छ कविद्वारा वीरको वीरतासरी
फैलिँदो छ कविद्वारा वीरको वीरता-सरी


{{pcn|५४}}
{{pcn|५४}}
Line 15: Line 15:
{{pcn|५५}}
{{pcn|५५}}
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी ।
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी ।
झल्कन्छ वनमा मानू सुनको तपकैसरी
झल्कन्छ वनमा मानू सुनको तपकै-सरी


{{pcn|५६}}
{{pcn|५६}}
वसन्तले बुनी आफैं मिही पल्लव चादर ।
वसन्तले बुनी आफैँ मिही पल्लव चादर ।
माथमा वनदेवीको चढायो कि मनोहर ?
माथमा वनदेवीको चढायो कि मनोहर ?


{{pcn|५७}}
{{pcn|५७}}
प्रत्येक वृक्षमा निस्क्यो पुष्पपल्लवमाधुरी
प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी
संसार जीवको रागी वासना झैं थरीथरी
संसार जीवको रागी वासना झैँ थरी-थरी


{{pcn|५८}}
{{pcn|५८}}
Line 30: Line 30:


{{pcn|५९}}
{{pcn|५९}}
कुनै राता, कुनै सेता, पहेंला भावका कुनै ।
कुनै राता, कुनै सेता, पहेँला भावका कुनै ।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥


{{pcn|६०}}
{{pcn|६०}}
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरैसरी
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरै-सरी
देखिन्छ माझमा राम्रो तलके तिलकैसरी
देखिन्छ माझमा राम्रो तलके तिलकै-सरी
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:54, 24 May 2025

This page has been validated

५२
झर्दछन् भेटनाबाट पुराना पुष्प बर्बरी ।
स्वर्गीय पुण्यको भोग सकेका पुण्यवान्-सरी ॥

५३
हावाको चालमा सारा पराग गगनै-भरी ।
फैलिँदो छ कविद्वारा वीरको वीरता-सरी ॥

५४
परागै हो कि ? त्यो माथि तुवाँलाको स्वरूपमा ।
घाम केही फिका पारी चढेको अन्तरिक्षमा ॥

५५
तुवाँलाबाट निस्केका सूर्यको कान्ति माधुरी ।
झल्कन्छ वनमा मानू सुनको तपकै-सरी ॥

५६
वसन्तले बुनी आफैँ मिही पल्लव चादर ।
माथमा वनदेवीको चढायो कि मनोहर ?

५७
प्रत्येक वृक्षमा निस्क्यो पुष्प-पल्लव-माधुरी ।
संसार जीवको रागी वासना झैँ थरी-थरी ॥

५८
अशोक, महुवा, पैञ्यू, जम्बू, बकुल, चम्पक ।
पलाशाऽऽदि सबै वृक्ष पुष्पले छन् झकाझक ॥

५९
कुनै राता, कुनै सेता, पहेँला भावका कुनै ।
कुनै सुनौला देखिन्छन्, आस्मानी रङ्गका कुनै ॥

६०
सिन्दुरे वन लक्ष्मीका स्यूँदाको सिन्दुरै-सरी ।
देखिन्छ माझमा राम्रो तलके तिलकै-सरी ॥