Jump to content

Page:Ritubichar.pdf/10: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:


{{pcn|३५}}
{{pcn|३५}}
बगैंचा सब देखिन्छ हजारौं फूलले गरी ।
बगैँचा सब देखिन्छ हजारौँ फूलले गरी ।
वसन्तको बुटे तन्ना कसेको बैठकैसरी
वसन्तको बुटे तन्ना कसेको बैठकै-सरी


{{pcn|३६}}
{{pcn|३६}}
कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल ।
कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल ।
वसन्तश्री बसेकी छन् बनी सौन्दर्यविह्वल
वसन्त-श्री बसेकी छन् बनी सौन्दर्य-विह्वल


{{pcn|३७}}
{{pcn|३७}}
Line 19: Line 19:
{{pcn|३८}}
{{pcn|३८}}
रसिला फूलमा आई रसिलो दक्खिना हवा ।
रसिला फूलमा आई रसिलो दक्खिना हवा ।
कुन कारणले होला बिस्तारै गर्छ वाहः वा ॥
कुन कारणले होला बिस्तारै गर्छ 'वाहः वा'


{{pcn|३९}}
{{pcn|३९}}
साना छुनुमुनू गर्ने बाल झैं कलिला फुल ।
साना छुनुमुनू गर्ने बाल झैँ कलिला फुल ।
ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल ॥
ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल ॥


Line 30: Line 30:


{{pcn|४१}}
{{pcn|४१}}
देखेर आफनै जस्तो पुष्पको रूपगौरव
देखेर आफनै जस्तो पुष्पको रूप-गौरव
मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब ॥
मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब ॥


{{pcn|४२}}
{{pcn|४२}}
फक्रेका फूल दाता झैं रसधारा लुटाउँछन् ।
फक्रेका फूल दाता झैँ रस-धारा लुटाउँछन् ।
झोलामा भिक्षु झैं मौरी पालामा त्यो जुटाउँछन् ॥
झोलामा भिक्षु झैँ मौरी पालामा त्यो जुटाउँछन् ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:48, 24 May 2025

This page has been validated

३४
कोही चहकिला पुष्प वासना नभये पनि ।
मूर्ख आडम्बरी जस्तै रूपमा छन् बडा धनी ॥

३५
बगैँचा सब देखिन्छ हजारौँ फूलले गरी ।
वसन्तको बुटे तन्ना कसेको बैठकै-सरी ।

३६
कलिला पालुवामाथि बिछ्यायेर फुलैफुल ।
वसन्त-श्री बसेकी छन् बनी सौन्दर्य-विह्वल ।

३७
लिई सौन्दर्य माधुर्य सौकुमार्य थपी वहाँ ।
पुष्पको सिर्जना गर्ने विधाता धन्य हो अहो !

३८
रसिला फूलमा आई रसिलो दक्खिना हवा ।
कुन कारणले होला बिस्तारै गर्छ 'वाहः वा' ॥

३९
साना छुनुमुनू गर्ने बाल झैँ कलिला फुल ।
ढुलुमुलु भई झुल्छन् बहँदा वायु शीतल ॥

४०
बिस्तारै फूलका साथ खेली खेली मिलीजुली ।
सुटुक्क वासना चोरी चल्छ सुस्तै हवा छली ॥

४१
देखेर आफनै जस्तो पुष्पको रूप-गौरव ।
मित्यारी लाउँदै फिर्छन् बागमा पुतली सब ॥

४२
फक्रेका फूल दाता झैँ रस-धारा लुटाउँछन् ।
झोलामा भिक्षु झैँ मौरी पालामा त्यो जुटाउँछन् ॥