Page:Shakuntala.pdf/246: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चाँडै अल्प्यो तर मृदुमुखी सम्झनाले मलीन । | |||
बन्छिन् " | ::बन्छिन् "जाने समय अब ता भो नजीकै" भनेर ॥ | ||
आँखा | आँखा दोटा अलि अलि गरी सुस्त आए रसाई । | ||
'बाबा !' भन्थिन् "अब पर | ::'बाबा !' भन्थिन् "अब पर हुँदा सम्झिनोस् है मलाई ॥" | ||
बोली छैनन् स्फुट अधरमा भावले भन्छ खालि । | |||
" | ::"धन्दा सुर्ता नलिनु" ऋषिले बुझ्दछन् दी जवाफ ॥ | ||
{{pcn|(५६)}} | {{pcn|(५६)}} | ||
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन | 'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन ? | ||
एक्ली | ::एक्ली बस्दा मरुकुसुम झैं चित्तमा हुन्न चैन ॥ | ||
के गर्ने त्यो परघर गई ? एक आत्मीय छैन । | |||
::रूँ रूँ जस्ता क्षणहरु हुने साथ कोही हुँदैन ॥" | |||
अर्कै | "अर्कै हुन्छन् परघर कतै यी सँगी ता विभिन्न । | ||
तिम्रा साथी हुन समयले आजको रोज | ::तिम्रा साथी हुन समयले आजको रोज दिन्न ॥ | ||
आफ्ना आफ्ना घरकन | आफ्ना आफ्ना घरकन बुझी भाग्यको एक विश्व । | ||
नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥" | ::नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥" | ||
{{pcn|(५७)}} | {{pcn|(५७)}} | ||
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ । | भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ । | ||
::दुःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥ | |||
" | "बन्नैपर्ने परवश हरे ! हाय ! लाचार कर्म ।" | ||
जस्ता मीठा विरहहरुको | ::जस्ता मीठा विरहहरुको बुझ्दछिन् चारु मर्म ॥ | ||
{{pcn|(५८)}} | {{pcn|(५८)}} | ||
सम्झी राखे सखि ! पर | "सम्झी राखे सखि ! पर हुँदा" भन्दछिन् चट्ट चारु । | ||
सेता दाढी प्रवर तपका भित्र पस्दा | ::सेता दाढी प्रवर तपका भित्र पस्दा कुटीमा ॥ | ||
"पूजा गर्छौँ सखिहरु मिली पुष्पले कामलाई । | |||
आई भन्ला पवन | ::आई भन्ला पवन ऋतुको केश तिम्रो समाई ॥ | ||
इच्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।" | |||
{{pcn|(५९)}} | {{pcn|(५९)}} | ||
सुन्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट | |||
पर्दा जस्तो चदर पतलाको | ::पर्दा जस्तो चदर पतलाको कुनामा रँगीन ॥ | ||
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष | आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष- | ||
सम्मन् प्यारा | ::सम्मन् प्यारा युवतिहरुका ओठ मुस्काउनाले ॥ | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:06, 18 May 2025
चाँडै अल्प्यो तर मृदुमुखी सम्झनाले मलीन ।
बन्छिन् "जाने समय अब ता भो नजीकै" भनेर ॥
आँखा दोटा अलि अलि गरी सुस्त आए रसाई ।
'बाबा !' भन्थिन् "अब पर हुँदा सम्झिनोस् है मलाई ॥"
बोली छैनन् स्फुट अधरमा भावले भन्छ खालि ।
"धन्दा सुर्ता नलिनु" ऋषिले बुझ्दछन् दी जवाफ ॥
(५६)
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन ?
एक्ली बस्दा मरुकुसुम झैं चित्तमा हुन्न चैन ॥
के गर्ने त्यो परघर गई ? एक आत्मीय छैन ।
रूँ रूँ जस्ता क्षणहरु हुने साथ कोही हुँदैन ॥"
"अर्कै हुन्छन् परघर कतै यी सँगी ता विभिन्न ।
तिम्रा साथी हुन समयले आजको रोज दिन्न ॥
आफ्ना आफ्ना घरकन बुझी भाग्यको एक विश्व ।
नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
(५७)
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ ।
दुःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
"बन्नैपर्ने परवश हरे ! हाय ! लाचार कर्म ।"
जस्ता मीठा विरहहरुको बुझ्दछिन् चारु मर्म ॥
(५८)
"सम्झी राखे सखि ! पर हुँदा" भन्दछिन् चट्ट चारु ।
सेता दाढी प्रवर तपका भित्र पस्दा कुटीमा ॥
"पूजा गर्छौँ सखिहरु मिली पुष्पले कामलाई ।
आई भन्ला पवन ऋतुको केश तिम्रो समाई ॥
इच्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
(५९)
सुन्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
पर्दा जस्तो चदर पतलाको कुनामा रँगीन ॥
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष-
सम्मन् प्यारा युवतिहरुका ओठ मुस्काउनाले ॥
(६०)