Page:Shakuntala.pdf/246: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
चाँडै अल्प्यो तर मृदुमुखी सम्झनाले मलीन । | |||
::बन्छिन् "जाने समय अब ता भो नजीकै" भनेर ॥ | |||
आँखा दोटा अलि अलि गरी सुस्त आए रसाई । | |||
::'बाबा !' भन्थिन् "अब पर हुँदा सम्झिनोस् है मलाई ॥" | |||
बोली छैनन् स्फुट अधरमा भावले भन्छ खालि । | |||
::"धन्दा सुर्ता नलिनु" ऋषिले बुझ्दछन् दी जवाफ ॥ | |||
{{pcn|(५६)}} | |||
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन ? | |||
::एक्ली बस्दा मरुकुसुम झैं चित्तमा हुन्न चैन ॥ | |||
के गर्ने त्यो परघर गई ? एक आत्मीय छैन । | |||
::रूँ रूँ जस्ता क्षणहरु हुने साथ कोही हुँदैन ॥" | |||
"अर्कै हुन्छन् परघर कतै यी सँगी ता विभिन्न । | |||
::तिम्रा साथी हुन समयले आजको रोज दिन्न ॥ | |||
आफ्ना आफ्ना घरकन बुझी भाग्यको एक विश्व । | |||
::नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥" | |||
{{pcn|(५७)}} | |||
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ । | |||
::दुःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥ | |||
"बन्नैपर्ने परवश हरे ! हाय ! लाचार कर्म ।" | |||
::जस्ता मीठा विरहहरुको बुझ्दछिन् चारु मर्म ॥ | |||
{{pcn|(५८)}} | |||
"सम्झी राखे सखि ! पर हुँदा" भन्दछिन् चट्ट चारु । | |||
::सेता दाढी प्रवर तपका भित्र पस्दा कुटीमा ॥ | |||
"पूजा गर्छौँ सखिहरु मिली पुष्पले कामलाई । | |||
::आई भन्ला पवन ऋतुको केश तिम्रो समाई ॥ | |||
इच्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।" | |||
{{pcn|(५९)}} | |||
सुन्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट | |||
::पर्दा जस्तो चदर पतलाको कुनामा रँगीन ॥ | |||
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष- | |||
::सम्मन् प्यारा युवतिहरुका ओठ मुस्काउनाले ॥ | |||
{{pcn|(६०)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:06, 18 May 2025
चाँडै अल्प्यो तर मृदुमुखी सम्झनाले मलीन ।
बन्छिन् "जाने समय अब ता भो नजीकै" भनेर ॥
आँखा दोटा अलि अलि गरी सुस्त आए रसाई ।
'बाबा !' भन्थिन् "अब पर हुँदा सम्झिनोस् है मलाई ॥"
बोली छैनन् स्फुट अधरमा भावले भन्छ खालि ।
"धन्दा सुर्ता नलिनु" ऋषिले बुझ्दछन् दी जवाफ ॥
(५६)
'बाबा' बोलिन् "सखि पनि गए साथमा के हुँदैन ?
एक्ली बस्दा मरुकुसुम झैं चित्तमा हुन्न चैन ॥
के गर्ने त्यो परघर गई ? एक आत्मीय छैन ।
रूँ रूँ जस्ता क्षणहरु हुने साथ कोही हुँदैन ॥"
"अर्कै हुन्छन् परघर कतै यी सँगी ता विभिन्न ।
तिम्रा साथी हुन समयले आजको रोज दिन्न ॥
आफ्ना आफ्ना घरकन बुझी भाग्यको एक विश्व ।
नारी बन्छन् सखिहरु अरू ठाउँमा यो अवश्य ॥"
(५७)
भन्ने सुन्दा सजलनयनी हेर्दछिन् दुःखसाथ ।
दुःखी आफ्नी सखि प्रियमुखीको अँध्यारो ललाट ॥
"बन्नैपर्ने परवश हरे ! हाय ! लाचार कर्म ।"
जस्ता मीठा विरहहरुको बुझ्दछिन् चारु मर्म ॥
(५८)
"सम्झी राखे सखि ! पर हुँदा" भन्दछिन् चट्ट चारु ।
सेता दाढी प्रवर तपका भित्र पस्दा कुटीमा ॥
"पूजा गर्छौँ सखिहरु मिली पुष्पले कामलाई ।
आई भन्ला पवन ऋतुको केश तिम्रो समाई ॥
इच्छा हाम्रो छ, प्रियतमको काख पाए रजाइँ ।"
(५९)
सुन्दा हाँसो अडिन नसकी पार्श्वमा लुक्छ चट्ट
पर्दा जस्तो चदर पतलाको कुनामा रँगीन ॥
आँखा त्यस्ता सजल हँसिला बन्न जान्छन् निमेष-
सम्मन् प्यारा युवतिहरुका ओठ मुस्काउनाले ॥
(६०)