Jump to content

Page:Shakuntala.pdf/239: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
अहो ! चिसो चौपट ! यो बतास-
::मात्रै छ, क्या स्नानसमान खास ॥"
भनेर त्यो वल्कल क्यै सँभाली ।
::ढाक्छिन्‌ गला सुन्दर आधि खाली ॥
{{pcn|(१५)}}


झन्‌ सम्झनाले मन हुन्छ चीसो ।
::झन्‌ अङ्ग सम्झी परिधान चल्छ ॥
सुसेल्न खोज्ने दुई ओठ बन्छन् ।
::"आगो बनाऊँ ? सखि" चारु भन्छिन्‌ ॥
{{pcn|(१६)}}
झींझा बटुल्दा कर लाल लाल ।
::पुगे सलीला अब मालिनीमा ॥
मिल्काइ ढुङ्गा दुइ लाइ चट्ट ।
::रुओ फुकी चारु सुचारु बन्छिन्‌ ॥
फुलेर गाला अलि यत्नवाला ।
{{pcn|(१७)}}
तताउँदा आँग र चारु गाला ।
::लाली चढी आज गुलाब बन्दी ॥
ज्याला पहेंला अनि लाल सामु ।
::लाग्छन्‌ उषा सुन्दर झैं मलाई ॥
{{pcn|(१८)}}
"को हुन्छ हामीहरुमा' पहीला ?
::लौ एक, दो, तीन" भनी सुनाई ॥
आफैं पहीली अब चारु कुद्‌छिन्‌ ।
::उठाउँदी ती सब चारु साथी ॥
{{pcn|(१९)}}
छिटो चनाखा क्षण एक दिव्य ।
::देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
दया भयो शैशिर त्यो सुनौला ।
::पङ्खी भई चट्ट उडेछ स्वर्ग ॥
{{pcn|(२०)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:34, 18 May 2025

This page has been proofread

अहो ! चिसो चौपट ! यो बतास-
मात्रै छ, क्या स्नानसमान खास ॥"
भनेर त्यो वल्कल क्यै सँभाली ।
ढाक्छिन्‌ गला सुन्दर आधि खाली ॥
(१५)

झन्‌ सम्झनाले मन हुन्छ चीसो ।
झन्‌ अङ्ग सम्झी परिधान चल्छ ॥
सुसेल्न खोज्ने दुई ओठ बन्छन् ।
"आगो बनाऊँ ? सखि" चारु भन्छिन्‌ ॥
(१६)

झींझा बटुल्दा कर लाल लाल ।
पुगे सलीला अब मालिनीमा ॥
मिल्काइ ढुङ्गा दुइ लाइ चट्ट ।
रुओ फुकी चारु सुचारु बन्छिन्‌ ॥
फुलेर गाला अलि यत्नवाला ।
(१७)

तताउँदा आँग र चारु गाला ।
लाली चढी आज गुलाब बन्दी ॥
ज्याला पहेंला अनि लाल सामु ।
लाग्छन्‌ उषा सुन्दर झैं मलाई ॥
(१८)

"को हुन्छ हामीहरुमा' पहीला ?
लौ एक, दो, तीन" भनी सुनाई ॥
आफैं पहीली अब चारु कुद्‌छिन्‌ ।
उठाउँदी ती सब चारु साथी ॥
(१९)

छिटो चनाखा क्षण एक दिव्य ।
देख्थ्यो त्यहाँ स्नान अवर्णनीय ॥
दया भयो शैशिर त्यो सुनौला ।
पङ्खी भई चट्ट उडेछ स्वर्ग ॥
(२०)