Jump to content

Page:Bhikari.pdf/8: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<poem> कुन आमाले काख लिँदामा बल्थे दृगका दुइ दीप? कुन आशाले नजर खुलायो सूर्य चाद्रको नजरसमिप? किन मुर्झायो? किन वौलायो? किन मधुरो यो जीवन्- व्दीप? ७ बुद्ध देवको नजर अगाडि यही भिखरी आएथ्य..."
 
No edit summary
 
(10 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
कुन आमाले काख लिँदामा
कुन आमाले काख लिंदामा
बल्थे दृगका दुइ दीप?
:::बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
कुन आशाले नजर खुलायो
सूर्य चाद्रको नजरसमिप?
:::सूर्य चन्द्रको नजर समिप ?
किन मुर्झायो? किन वौलायो?
किन मुरझायो ? किन वौलायो ?
किन मधुरो यो जीवन्- व्दीप?
:::किन मधुरो यो जीवन दीप ?


{{pcn|}}
बुद्ध देवको नजर अगाडि
बुद्धदेवको नजर अगाडि
यही भिखरी आएथ्यो,
:::यही भिखरी आएथ्यो;
मुर्ति यसैमा शब्द यिनैमा
मुर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो,
:::मुटुको शूल कराएथ्यो;
महान दयाको सागर ठूलो
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो,
:::शब्द यिनैमा लहराएथ्यो;
भेष यसैले बलिको शेखी
भेष यसैले बलिको शेखी
पवित्र पारी निठुराएथ्यो।
:::पवित्र पारी निठुराएथ्यो ।


{{pcn|}}
कालो बादलबाट खसेको
कालो बादलबाट खसेको
अन्धकारमा भित्र पसेको,
:::अन्धकारमा भित्र बसेको,
ईश्वर हो कि भिखारी?
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेका
:::बोल्दछ ईश्वर हृदय घुसेकाे
घर, घर आँगन चारी
घर, घर, आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
:::बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करूणामृत दिल भारी।
करूणामृत दिल भारी ।


९  
{{pcn|}}
युग-युगभरको आँसुहरूको
युग-युगभरको आँसुहरूको
सार अपार उतारी।
:::सार अपार उतारी
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 14:19, 18 May 2025

This page has been validated

कुन आमाले काख लिंदामा
बल्थे दृगका दुइ दीप ?
कुन आशाले नजर खुलायो
सूर्य चन्द्रको नजर समिप ?
किन मुरझायो ? किन वौलायो ?
किन मधुरो यो जीवन दीप ?


बुद्धदेवको नजर अगाडि
यही भिखरी आएथ्यो;
मुर्ति यसैमा, शब्द यिनैमा
मुटुको शूल कराएथ्यो;
महान् दयाको सागर ठूलो
शब्द यिनैमा लहराएथ्यो;
भेष यसैले बलिको शेखी
पवित्र पारी निठुराएथ्यो ।


कालो बादलबाट खसेको
अन्धकारमा भित्र बसेको,
ईश्वर हो कि भिखारी ?
बोल्दछ ईश्वर हृदय घुसेकाे
घर, घर, आँगन चारी
बोल्दछ, आर्तध्वनिमा बोल्दछ
करूणामृत दिल भारी ।


युग-युगभरको आँसुहरूको
सार अपार उतारी