Page:Bhikari.pdf/27: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''प्रश्नोत्तर'''}}<ref>यो कविता कही 'मार्ग' शीर्षकमा पनि छापिएको छ ।</ref>}} | {{center|{{larger|'''प्रश्नोत्तर'''}}<ref>यो कविता कही 'मार्ग' शीर्षकमा पनि छापिएको छ ।</ref>}} | ||
{{center block | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|१}} | {{pcn|१}} | ||
Line 27: | Line 27: | ||
'उद्देश्य के लिनु ?' 'उडि छुनु चन्द्र एक ।' | 'उद्देश्य के लिनु ?' 'उडि छुनु चन्द्र एक ।' | ||
</poem> | </poem> | ||
}} | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:29, 18 May 2025
This page has been validated
प्रश्नोत्तर[1]
१
'के हो अहो! अमृत त्यो सुरदेव पान ?'
'सच्चा कमाइ गरिखानु भनेर जान ।'
'खोज्छन् सबै सुख भनी त्यो सुख त्यो कहाँ छ ?'
'आफू मिटाइ अरुलाई दिनु जहाँ छ ।'
२
'पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?'
'तर्किन्छ त्यो रुखमनी, जुन साथ मिल्छ ।'
'देखिन्छ ईश कुन मन्दिरमा पसेर ?'
'त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।'
३
'यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरु को बनाई ?'
'फुल्दो (खुल्दो) गुलाबबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।'
४
'कर्तव्य के छ जनको, यति छन् विरोध ?'
'नक्षत्र हेर नभमा, दिलसाथ सोध !'
'के हो ठुलो जगतमा ?' 'पसिना विवेक'
'उद्देश्य के लिनु ?' 'उडि छुनु चन्द्र एक ।'
- ↑ यो कविता कही 'मार्ग' शीर्षकमा पनि छापिएको छ ।