Page:Bhikari.pdf/25: Difference between revisions
Appearance
(4 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center|{{larger|'''वन'''}}}} | |||
{{start center block}} | |||
<poem> | <poem> | ||
आँसु खसाली रोइरहेथेँ जीवन वनको बीच । | आँसु खसाली रोइरहेथेँ जीवन वनको बीच । | ||
Line 19: | Line 20: | ||
मैले बोलें, 'चिथरा लाउँछु, टेक्दछु सत्य म भाइ ॥' | मैले बोलें, 'चिथरा लाउँछु, टेक्दछु सत्य म भाइ ॥' | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 09:21, 18 May 2025
This page has been validated
वन
आँसु खसाली रोइरहेथेँ जीवन वनको बीच ।
खोजी खोजी कतै नपाई मेरो मनका चीज ॥
टुटेफुटेका आशामाथि नयन दुःखका नीर ।
कहाँ कहाँको कता कताको मेरो मनको पीर ॥
लालसाले मोहनीको रूप गरी धारण ।
बोली गहना झल्काई, रुन्छौ तिमी कुन कारण ?
विलासको यो महल मनोहर, हुन्छु म तिम्री रानी।'
मैले बोलेँ, 'हुन्छ सबै यो भोलि धुलो र खरानी ॥'
कुबेर बोले, 'नोकरी लेऊ दिन्छु म दौलत अनगिन्ती ।
मेरा सेवक हेर उज्याला, सेज सुनौला झुल्छन् ती ॥'
मैले बोलेँ, 'धनका मालिक ! सम्झन्छु धनको मोल ।
अन्तस्करणको स्वतन्त्रता यो तर छ आहा ! अनमोल ॥'
ताज सुनौलो माथ लगाई यश आई फुसलायो ।
'मेरो पछि पछि आऊ भाइ, मौका सुन्दर आयो ॥
छाँटकाँटमा मिलिकन आऊ परिचित गर्छु तिमीलाई ।'
मैले बोलें, 'चिथरा लाउँछु, टेक्दछु सत्य म भाइ ॥'