Jump to content

Page:Shakuntala.pdf/231: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यो रत्नको जलघधि हो गृहनाम ठूलो ।
यो रत्नको जलधि हो गृहनाम ठूलो ।
::ती रत्न हुन्‌ गुणहरू गहिराइभित्र ॥
::ती रत्न हुन्‌ गुणहरू गहिराइभित्र ॥
झल्किन्छ पानि तिनको जब देश काल ।
झल्किन्छ पानि तिनको जब देश काल ।
Line 7: Line 7:
{{pcn|(२९)}}
{{pcn|(२९)}}


दुष्टान्त बन्नु सबका अघि चालद्वारा ।
दृष्टान्त बन्नु सबका अघि चालद्वारा ।
::बोल्दै नबोलिकन बोल्नु गरेर काम ॥
::बोल्दै नबोलिकन बोल्नु गरेर काम ॥
बत्ती ननेर घरकी सन अन्धकार ।
बत्ती बनेर घरकी सब अन्धकार ।
::छोडी, दिन्‌ किरण उज्ज्वल हन्‌ मुहार ॥
::छोडी, दिनू किरण उज्ज्वल हुन्‌ मुहार ॥
{{pcn|(३०)}}
{{pcn|(३०)}}


स्वादिष्ट पार्नु दिलले सबनिभ्ति खाना ।
स्वादिष्ट पार्नु दिलले सबनिम्ति खाना ।
::प्रैमै सृधासरि ख, शीलहरू खजाना ॥
::प्रेमै सुधासरि छ, शीलहरू खजाना ॥
मीठी गरी वचन प्रेम मिसी दिएको ।
मीठो गरी वचन प्रेम मिसी दिएको ।
::स्वादिष्ट नन्छ रत दिव्य विचित्रले त्यो ॥
::स्वादिष्ट बन्छ रस दिव्य विचित्रले त्यो ॥
{{pcn|(३१)}}
{{pcn|(३१)}}


खामोस खानु नरिसाउन्‌ झट्ट नानी !
खामोस खानु नरिसाउनु झट्ट नानी !
::तौली मिजासकन ठीक गरी नयानी
::तौली मिजासकन ठीक गरी बयानी
राखेर होषा गतिमा रसिलो सचेत ।
राखेर होश गतिमा रसिलो सचेत ।
::आत्मा खुशाउनु अरूहरुको समेत ॥
::आत्मा खुशाउनु अरूहरुको समेत ॥
{{pcn|(३२)}}
{{pcn|(३२)}}
Line 31: Line 31:
{{pcn|(३३)}}
{{pcn|(३३)}}


त्यौ राज्यमा छ गणको गहिरो खजाना ।
त्यो राज्यमा छ गणको गहिरो खजाना ।
::अध्यक्ष आत्मनल जो दलको छ स्वामी ॥
::अध्यक्ष आत्मबल जो दलको छ स्वामी ॥
सेनाहरू प्रकृति छन्‌ अनि शस्त्र सत्य ।
सेनाहरू प्रकृति छन्‌ अनि शस्त्र सत्य ।
::सीमा बढाइ्रहने छ सहानूभूति ॥
::सीमा बढाइरहने छ सहानूभूति ॥
{{pcn|(३४)}}
{{pcn|(३४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 07:08, 18 May 2025

This page has been proofread

यो रत्नको जलधि हो गृहनाम ठूलो ।
ती रत्न हुन्‌ गुणहरू गहिराइभित्र ॥
झल्किन्छ पानि तिनको जब देश काल ।
माग्छन्‌ खुला किरणमा, रणमा त्रिकाल ॥
(२९)

दृष्टान्त बन्नु सबका अघि चालद्वारा ।
बोल्दै नबोलिकन बोल्नु गरेर काम ॥
बत्ती बनेर घरकी सब अन्धकार ।
छोडी, दिनू किरण उज्ज्वल हुन्‌ मुहार ॥
(३०)

स्वादिष्ट पार्नु दिलले सबनिम्ति खाना ।
प्रेमै सुधासरि छ, शीलहरू खजाना ॥
मीठो गरी वचन प्रेम मिसी दिएको ।
स्वादिष्ट बन्छ रस दिव्य विचित्रले त्यो ॥
(३१)

खामोस खानु नरिसाउनु झट्ट नानी !
तौली मिजासकन ठीक गरी बयानी ॥
राखेर होश गतिमा रसिलो सचेत ।
आत्मा खुशाउनु अरूहरुको समेत ॥
(३२)

रानी समान घरकी बुझ सत्य नारी ।
हो शील ताज अनि ऐन छ धर्म भारी ॥
हो राजनीति उसको घरको मिलाप ।
छन्‌ शत्रु द्वेष, झगडा, मद, मोह, ताप ॥
(३३)

त्यो राज्यमा छ गणको गहिरो खजाना ।
अध्यक्ष आत्मबल जो दलको छ स्वामी ॥
सेनाहरू प्रकृति छन्‌ अनि शस्त्र सत्य ।
सीमा बढाइरहने छ सहानूभूति ॥
(३४)