Page:Shakuntala.pdf/229: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी । | |||
::थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥ | |||
राम्रो दिएर यसको गर छाँट-काँट । | |||
::फुल्नेछ यो सकल मग्मग दिव्य ठाँट ॥ | |||
{{pcn|(१७)}} | |||
जो लोभ मोह मद छन् तिनबाट वक्र । | |||
::बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥ | |||
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल । | |||
::जानेर चीजहरुको सब मोल तोल ॥ | |||
गर्नू सिँगार तर ठीक रिझाउनाको । | |||
::ज्यादा नगर्नु नखरा नबनोस् तमाशा ॥ | |||
{{pcn|(१८)}} | |||
जो पाइँदैन सहजै, जसको प्रभाव । | |||
::सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥ | |||
सत्को प्रवृत्ति लिनु या सुखको बहाव । | |||
::पाइन्छ, सुन्दर सबै बुझ सत्य भाव ॥ | |||
{{pcn|(१९)}} | |||
भित्री कुराहरु रहे सब ठीक ठीक । | |||
::सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥ | |||
तारासमान मनमा सब भाव पारी । | |||
::चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥ | |||
{{pcn|(२०)}} | |||
जो धूर्तता छ उसमा पनि सार छैन । | |||
::सत् नै कला छ प्रभुको त्यसमा छ छैन ॥ | |||
जो नीती हो उकन सत्य दिए अडान । | |||
::सप्रिन्छ बन्छ सब जीवन नित्य जान ॥ | |||
{{pcn|(२१)}} | |||
यौटै छ ईश्वर उ भो पतिदेव खास । | |||
::शृङ्गारतुल्य दुनियाँ दुइको प्रकाश ॥ | |||
यौटा धिराज दिलको छ अनन्त आश । | |||
::बन्नू प्रसन्न दिल अर्पिनको सुवास ॥ | |||
{{pcn|(२२)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:00, 18 May 2025
फुल्दो लतासरि छ यो बुझ जिन्दगानी ।
थाँक्रो दिएर धृतिको अनि शीत पानी ॥
राम्रो दिएर यसको गर छाँट-काँट ।
फुल्नेछ यो सकल मग्मग दिव्य ठाँट ॥
(१७)
जो लोभ मोह मद छन् तिनबाट वक्र ।
बन्दै स्वभाव, सब उल्टिन जान्छ चक्र ॥
राख्नू सदा हृदयमा अति सूक्ष्म तौल ।
जानेर चीजहरुको सब मोल तोल ॥
गर्नू सिँगार तर ठीक रिझाउनाको ।
ज्यादा नगर्नु नखरा नबनोस् तमाशा ॥
(१८)
जो पाइँदैन सहजै, जसको प्रभाव ।
सारा रिझाउँछ छ जान त्यही स्वभाव ॥
सत्को प्रवृत्ति लिनु या सुखको बहाव ।
पाइन्छ, सुन्दर सबै बुझ सत्य भाव ॥
(१९)
भित्री कुराहरु रहे सब ठीक ठीक ।
सौन्दर्य खुल्छ सहजैसँग एक एक ॥
तारासमान मनमा सब भाव पारी ।
चल्नू सदिव्य गति स्वर्गिक मार्गचारी ॥
(२०)
जो धूर्तता छ उसमा पनि सार छैन ।
सत् नै कला छ प्रभुको त्यसमा छ छैन ॥
जो नीती हो उकन सत्य दिए अडान ।
सप्रिन्छ बन्छ सब जीवन नित्य जान ॥
(२१)
यौटै छ ईश्वर उ भो पतिदेव खास ।
शृङ्गारतुल्य दुनियाँ दुइको प्रकाश ॥
यौटा धिराज दिलको छ अनन्त आश ।
बन्नू प्रसन्न दिल अर्पिनको सुवास ॥
(२२)