Page:Shakuntala.pdf/211: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बिहाघर बन्यो वनै तरुलता बने यज्ञ | बिहाघर बन्यो वनै तरुलता बने यज्ञ झैं । | ||
::बने | ::बने कलश फूल नै हरित शैल वेदीहरू ॥ | ||
बने रँग | बने रँग शिखासरि प्रकृति बीचका अग्नि झैं । | ||
:: | ::ध्वजा बहुल झुम्किए पवनबीच भै फर्फर ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
Line 14: | Line 14: | ||
नवीन रँग वस्त्रका युवतिका थिए रेशमी । | नवीन रँग वस्त्रका युवतिका थिए रेशमी । | ||
::सुगन्ध | ::सुगन्ध अब प्रेमले महलमा बनेली छिट्यो ॥ | ||
चले भ्रमर भुन्भुनी द्विजसमान बाँचीकन । | चले भ्रमर भुन्भुनी द्विजसमान बाँचीकन । | ||
::मनोहर प्रसूनका मृदुल पत्रका अक्षर ॥ | ::मनोहर प्रसूनका मृदुल पत्रका अक्षर ॥ | ||
रँगीन मधु राखिने मृदुल हेर प्यालाहरू । | रँगीन मधु राखिने मृदुल हेर प्यालाहरू । | ||
:: | ::बन्यो मदन नै यहाँ अब प्रबन्धकर्ता छिटो ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
केही | केही रोज बितेर भो अनि कुरा गान्धर्व गर्ने बिहा । | ||
:: | ::मञ्जूरी सबको भयो र त्यसको छोटो तयारी भयो ॥ | ||
त्यो राम्रो लहरा प्रसून जगमा त्यो | त्यो राम्रो लहरा प्रसून जगमा त्यो भृङ्ग औ पुष्पको । | ||
::जस्तो वन्य विवाह | ::जस्तो वन्य विवाह आफुखुशको भो चित्तको मेलन ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
त्यसै वेला फागू प्रकृति-गृहमा सुन्दर फुक्यो । | त्यसै वेला फागू प्रकृति-गृहमा सुन्दर फुक्यो । | ||
::भरी | ::भरी रङ्गीचङ्गी तरुवर त्यहाँ चीरहरुझैं ॥ | ||
परी हाँसे | परी हाँसे हाम्रो मधुमय वसन्ती वसनमा । | ||
::घसेका छन् फा ती मृदु वदनका | ::घसेका छन् फा ती मृदु वदनका रङ्ग-रँगमा ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
घडा पोली राम्रा सुरपुर-परीले तलतिर । | घडा पोली राम्रा सुरपुर-परीले तलतिर । | ||
::अटालीमा | ::अटालीमा बस्दा किरणपथले रङ्गहरु दी ॥ | ||
कतै सिर्का छिर्का मधुर पिचकारीहरु दिए । | कतै सिर्का छिर्का मधुर पिचकारीहरु दिए । | ||
::सबै हाँसी हाँसी रँग विविधमा प्लावित भए ॥ | ::सबै हाँसी हाँसी रँग विविधमा प्लावित भए ॥ |
Latest revision as of 09:36, 16 May 2025
बिहाघर बन्यो वनै तरुलता बने यज्ञ झैं ।
बने कलश फूल नै हरित शैल वेदीहरू ॥
बने रँग शिखासरि प्रकृति बीचका अग्नि झैं ।
ध्वजा बहुल झुम्किए पवनबीच भै फर्फर ॥
(२३)
पुरोहित वसन्तले लिखित रङ्ग-रेखाहरू-
सितै मधुर वाद्यका विहगकण्ठ बोल्थे जहाँ ॥
वितान पनि व्योमको मुदित भो अबीरे बनी ।
मुना शिशु मुसुक्क छन् मृदुल रङ्ग नाना त्यहाँ ॥
(२४)
नवीन रँग वस्त्रका युवतिका थिए रेशमी ।
सुगन्ध अब प्रेमले महलमा बनेली छिट्यो ॥
चले भ्रमर भुन्भुनी द्विजसमान बाँचीकन ।
मनोहर प्रसूनका मृदुल पत्रका अक्षर ॥
रँगीन मधु राखिने मृदुल हेर प्यालाहरू ।
बन्यो मदन नै यहाँ अब प्रबन्धकर्ता छिटो ॥
(२५)
केही रोज बितेर भो अनि कुरा गान्धर्व गर्ने बिहा ।
मञ्जूरी सबको भयो र त्यसको छोटो तयारी भयो ॥
त्यो राम्रो लहरा प्रसून जगमा त्यो भृङ्ग औ पुष्पको ।
जस्तो वन्य विवाह आफुखुशको भो चित्तको मेलन ॥
(२६)
त्यसै वेला फागू प्रकृति-गृहमा सुन्दर फुक्यो ।
भरी रङ्गीचङ्गी तरुवर त्यहाँ चीरहरुझैं ॥
परी हाँसे हाम्रो मधुमय वसन्ती वसनमा ।
घसेका छन् फा ती मृदु वदनका रङ्ग-रँगमा ॥
(२७)
घडा पोली राम्रा सुरपुर-परीले तलतिर ।
अटालीमा बस्दा किरणपथले रङ्गहरु दी ॥
कतै सिर्का छिर्का मधुर पिचकारीहरु दिए ।
सबै हाँसी हाँसी रँग विविधमा प्लावित भए ॥
(२८)