Jump to content

Page:Shakuntala.pdf/210: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
लज्जा लिई विधुमुखी घनबीच रानी ।
::ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥
चाँदी किनार पनि छन्‌ अलि छोपिएकी ।
::लज्जासमेत मनमोहन झैं बनाई ॥
{{pcn|(१७)}}


बल्दा दिवाकरसमान प्रतापगाला ।
::मध्याह्नबीच यसको अब चारु चाला ॥
पाई बनी चपल झैं मलयप्रवाह ।
::धेरै मिठास गतिबीच फुलाइदिन्छिन्‌ ॥
{{pcn|(१८)}}
सानी बनी लहर झैं मृदु मालिनीकी ।
::नाच्थिन्‌ तिनी छविमयी सुखसाथ चोखी ॥
झल्की घुमेर वनमा रविरश्मितुल्य ।
::ती भूपको वदनको छविमा अमूल्य ॥
{{pcn|(१९)}}
नालासमान दुइ मिल्न लिएर इच्छा ।
::मिल्थे हरा विपिनमा विधुका अगाडि ॥
पीयूषका किरणले जल जिन्दगीको ।
::मीठो गराउन बराबर फूलनेर ॥
{{pcn|(२०)}}
बोल्थे कोकिलले वसन्त सपना जो फूल भै फुल्दछन्‌ ।
::बैंसे मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन्‌ ॥
साना मञ्जु सुगन्धदार मसिना भावादि उन्थे जहाँ ।
::गर्थ्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥
{{pcn|(२१)}}
गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्थ्यो कथा ।
::झर्थ्यो झर्झर फुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥
मानो सौमन भाव झैं विपिनका ती मूर्ति छन्‌ मानव ।
::मानो ती दुइको अभाषित कुरा बास्ना बनी चल्दथ्यो ॥
{{pcn|(२२)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:29, 16 May 2025

This page has been proofread

लज्जा लिई विधुमुखी घनबीच रानी ।
ज्योत्स्ना छरेर पतला रसरूपखानी ॥
चाँदी किनार पनि छन्‌ अलि छोपिएकी ।
लज्जासमेत मनमोहन झैं बनाई ॥
(१७)

बल्दा दिवाकरसमान प्रतापगाला ।
मध्याह्नबीच यसको अब चारु चाला ॥
पाई बनी चपल झैं मलयप्रवाह ।
धेरै मिठास गतिबीच फुलाइदिन्छिन्‌ ॥
(१८)

सानी बनी लहर झैं मृदु मालिनीकी ।
नाच्थिन्‌ तिनी छविमयी सुखसाथ चोखी ॥
झल्की घुमेर वनमा रविरश्मितुल्य ।
ती भूपको वदनको छविमा अमूल्य ॥
(१९)

नालासमान दुइ मिल्न लिएर इच्छा ।
मिल्थे हरा विपिनमा विधुका अगाडि ॥
पीयूषका किरणले जल जिन्दगीको ।
मीठो गराउन बराबर फूलनेर ॥
(२०)

बोल्थे कोकिलले वसन्त सपना जो फूल भै फुल्दछन्‌ ।
बैंसे मञ्जुलता हिलीकन सबै बास्ना मिही खुल्दछन्‌ ॥
साना मञ्जु सुगन्धदार मसिना भावादि उन्थे जहाँ ।
गर्थ्यो शासन भारले मधुरताको वन्य त्यो मन्दिर ॥
(२१)

गर्थे भाषण भाव वन्य खगले त्यो दृश्य बन्थ्यो कथा ।
झर्थ्यो झर्झर फुलको रज त्यहाँ बस्थे जहाँ ती दुई ॥
मानो सौमन भाव झैं विपिनका ती मूर्ति छन्‌ मानव ।
मानो ती दुइको अभाषित कुरा बास्ना बनी चल्दथ्यो ॥
(२२)