Jump to content

Page:Shakuntala.pdf/205: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>"
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
यति भनी हिँडे सब सखीहरू ।
::तब शकुन्तला हुन गइन्‌ त्यहाँ ॥
नृपतिसामुमा 'अब म के गरूँ ।'
::यस छिनै भरी पालुवाहरू ॥
कर सरी गरी भन्दथ्यो तरु ।
{{pcn|(१७८)}}


नजर भूपका भेट्न लज्जिता ।
::पयर हेर्दछिन्‌ प्रेमसाथ ती ॥
कुसुम लौन नी अब कसो गरूँ ।
::तुल्य भावले कर्किईकन ॥
{{pcn|(१७९)}}
"आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक ।
::पृथ्वीमा छ कि स्वर्गमा छ भनिद्यौ केही नमानी धक ॥
इन्द्रैलाइ जितेर स्वर्ग सब नै यी पाउ राखीकन ।
::'तिम्रो दास' म भन्न पाउँछु कतै हे विश्व जित्ने धन ॥
{{pcn|(१८०)}}
सातै सागर वा डुबेर गहिरा ल्याऊँ र रत्नादिक ?
::ल्याऊँ एक विमान वा गगनमा गर्ने विहारै भए ?
पाऊँ चट्ट खुशी मुहारसित क्यै आज्ञा नमानी धक ।
::खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥"
{{pcn|(१८१)}}
बन्दी चारु गुलाफ झैं वदनमा या खुर्र भागूँ बसुँ ।
::लालीलाइ लुकाउने मन गरी लालित्यले फर्किदी ॥
टिप्छिन्‌ फूल र च्यात्तछिन्‌ कुटुकुटू मानो 'त्यसोरी दिल ।
::मेरो लिन्छ वियोग दुष्ट करले' भन्ने बुझाएसरि ॥
{{pcn|(१८२)}}
जति प्रश्न गर्‍यो उति कष्ट हुने ।
::मन बोल्न भए पनि झन्‌ नहुने ॥
दगुरूँ दगुरूँ र बसूँ दुइटा ।
::मृदु भाव मिलीकन ती रहँदी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}

Latest revision as of 20:59, 14 May 2025

This page has been proofread

यति भनी हिँडे सब सखीहरू ।
तब शकुन्तला हुन गइन्‌ त्यहाँ ॥
नृपतिसामुमा 'अब म के गरूँ ।'
यस छिनै भरी पालुवाहरू ॥
कर सरी गरी भन्दथ्यो तरु ।
(१७८)

नजर भूपका भेट्न लज्जिता ।
पयर हेर्दछिन्‌ प्रेमसाथ ती ॥
कुसुम लौन नी अब कसो गरूँ ।
तुल्य भावले कर्किईकन ॥
(१७९)

"आज्ञा के छ मलाइ हे मृदुमुखी के काम मै लायक ।
पृथ्वीमा छ कि स्वर्गमा छ भनिद्यौ केही नमानी धक ॥
इन्द्रैलाइ जितेर स्वर्ग सब नै यी पाउ राखीकन ।
'तिम्रो दास' म भन्न पाउँछु कतै हे विश्व जित्ने धन ॥
(१८०)

सातै सागर वा डुबेर गहिरा ल्याऊँ र रत्नादिक ?
ल्याऊँ एक विमान वा गगनमा गर्ने विहारै भए ?
पाऊँ चट्ट खुशी मुहारसित क्यै आज्ञा नमानी धक ।
खोली पल्लव लोहिताधर दुवै बोली कुनै बोलन ॥"
(१८१)

बन्दी चारु गुलाफ झैं वदनमा या खुर्र भागूँ बसुँ ।
लालीलाइ लुकाउने मन गरी लालित्यले फर्किदी ॥
टिप्छिन्‌ फूल र च्यात्तछिन्‌ कुटुकुटू मानो 'त्यसोरी दिल ।
मेरो लिन्छ वियोग दुष्ट करले' भन्ने बुझाएसरि ॥
(१८२)

जति प्रश्न गर्‍यो उति कष्ट हुने ।
मन बोल्न भए पनि झन्‌ नहुने ॥
दगुरूँ दगुरूँ र बसूँ दुइटा ।
मृदु भाव मिलीकन ती रहँदी ॥