Jump to content

Page:Shakuntala.pdf/203: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
जसै शारमले गरी कमलपात च्यातुँसरि
जसै शरमले गरी कमलपात च्यातूँसरि
::बनिन्‌ मृदु गाकन्तला त्वरित चारु सर्छिन्‌ अघि ॥
::बनिन्‌ मृदु शकन्तला त्वरित चारु सर्छिन्‌ अघि ॥
झपक्कसित छोप्दछिन्‌ कमलपात खोतीकन
झपक्कसित छोप्दछिन्‌ कमलपात खोसीकन
::दुवै नजर छोप्दछिन्‌ तब शकन्तला शोभन ॥
::दुवै नजर छोप्दछिन्‌ तब शकुन्तला शोभन ॥
{{pcn|(१६६)}}
{{pcn|(१६६)}}


पढीकन सुनाउँछिन्‌ मृदु रहस्यको लालिमा ।
पढीकन सुनाउँछिन्‌ मृदु रहस्यको लालिमा ।
::'म जो भनिछ दुःखिनी निठुर हुन्छ सोही जन ॥
::'म जो भनिछु दुःखिनी निठुर हुन्छ सोही जन ॥
शिकार दिलको गरी विरहमा डुबाई गए ।
शिकार दिलको गरी विरहमा डुबाई गए ।
::दुखी दिल व-सन्त झै नृप प्रसूनको भज्दछ ॥'
::दुखी दिल व-सन्त झैं नृप प्रसूनको भज्दछ ॥'
{{pcn|(१५७)}}
{{pcn|(१६७)}}


"बुझे कति चलाक यी नृपति हेर दुष्यन्तको ।
"बुझें कति चलाक यी नृपति हेर दुष्यन्तको ।
::सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन्‌ ॥""
::सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन्‌ ॥"
भनीकन प्रियम्वदा "बुझ न छान्नको खात्री
भनीकन प्रियम्वदा "बुझ न छान्नको चातुरी
::अहो भन शाकुन्तले ! मदनले छ चोखी परी ॥"
::अहो भन शकुन्तले ! मदनले छ चोखी परी ॥"
{{pcn|(प्ध्दि)}}
{{pcn|(१६८)}}


अहो गजन भाग्य हो हुदयबीच राजा हनु
अहो गजब भाग्य हो हुदयबीच राजा हुनु
::त्रिलोकपति ताज झै यति कुरा सुनी पाउँछु ॥
::त्रिलोकपति ताज झैं यति कुरा सुनी पाउँछु ॥
भनी, नृपति भन्दछन्‌ मनमनै लुकेका त्यहाँ ।
भनी, नृपति भन्दछन्‌ मनमनै लुकेका त्यहाँ ।
::यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥
::यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥
Line 26: Line 26:


चखेवा जोडी झैं हरित सरिताका पुलिनमा ।
चखेवा जोडी झैं हरित सरिताका पुलिनमा ।
::अलग्गै बस्थे ती गह विरहका पार्न रह झै
::अलग्गै बस्थे ती गह विरहका पार्न रह झैं
दिनेशै आए झै अवनि-पतिको आगमनमा ।
दिनेशै आए झैं अवनि-पतिको आगमनमा ।
::मिले आँखाद्वारा दिल दिल दुवै गद्गद ननी
::मिले आँखाद्वारा दिल दिल दुवै गद्गद बनी
{{pcn|(१७०)}}
{{pcn|(१७०)}}


चकितलोचनी मृदु शाकन्तला
चकितलोचनी मृदु शकुन्तला
::'खल रहेछ यो सकलको' भनी ॥
::'छल रहेछ यो सकलको' भनी ॥
शारमको गरी भाग्नको मन ।
शरमको गरी भाग्नको मन ।
::हुन गई अडिन्‌ प्यूँन दर्शन ॥
::हुन गई अडिन्‌ प्यूँन दर्शन ॥
{{pcn|(१७१)}}
{{pcn|(१७१)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:45, 14 May 2025

This page has been proofread

जसै शरमले गरी कमलपात च्यातूँसरि ।
बनिन्‌ मृदु शकन्तला त्वरित चारु सर्छिन्‌ अघि ॥
झपक्कसित छोप्दछिन्‌ कमलपात खोसीकन ।
दुवै नजर छोप्दछिन्‌ तब शकुन्तला शोभन ॥
(१६६)

पढीकन सुनाउँछिन्‌ मृदु रहस्यको लालिमा ।
'म जो भनिछु दुःखिनी निठुर हुन्छ सोही जन ॥
शिकार दिलको गरी विरहमा डुबाई गए ।
दुखी दिल व-सन्त झैं नृप प्रसूनको भज्दछ ॥'
(१६७)

"बुझें कति चलाक यी नृपति हेर दुष्यन्तको ।
सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन्‌ ॥"
भनीकन प्रियम्वदा "बुझ न छान्नको चातुरी ।
अहो भन शकुन्तले ! मदनले छ चोखी परी ॥"
(१६८)

अहो गजब भाग्य हो हुदयबीच राजा हुनु ।
त्रिलोकपति ताज झैं यति कुरा सुनी पाउँछु ॥
भनी, नृपति भन्दछन्‌ मनमनै लुकेका त्यहाँ ।
यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥
(१६९)

चखेवा जोडी झैं हरित सरिताका पुलिनमा ।
अलग्गै बस्थे ती गह विरहका पार्न रह झैं ॥
दिनेशै आए झैं अवनि-पतिको आगमनमा ।
मिले आँखाद्वारा दिल दिल दुवै गद्गद बनी ॥
(१७०)

चकितलोचनी मृदु शकुन्तला ।
'छल रहेछ यो सकलको' भनी ॥
शरमको गरी भाग्नको मन ।
हुन गई अडिन्‌ प्यूँन दर्शन ॥
(१७१)