Page:Shakuntala.pdf/203: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जसै शरमले गरी कमलपात च्यातूँसरि । | |||
::बनिन् मृदु शकन्तला त्वरित चारु सर्छिन् अघि ॥ | |||
झपक्कसित छोप्दछिन् कमलपात खोसीकन । | |||
::दुवै नजर छोप्दछिन् तब शकुन्तला शोभन ॥ | |||
{{pcn|(१६६)}} | |||
पढीकन सुनाउँछिन् मृदु रहस्यको लालिमा । | |||
::'म जो भनिछु दुःखिनी निठुर हुन्छ सोही जन ॥ | |||
शिकार दिलको गरी विरहमा डुबाई गए । | |||
::दुखी दिल व-सन्त झैं नृप प्रसूनको भज्दछ ॥' | |||
{{pcn|(१६७)}} | |||
"बुझें कति चलाक यी नृपति हेर दुष्यन्तको । | |||
::सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन् ॥" | |||
भनीकन प्रियम्वदा "बुझ न छान्नको चातुरी । | |||
::अहो भन शकुन्तले ! मदनले छ चोखी परी ॥" | |||
{{pcn|(१६८)}} | |||
अहो गजब भाग्य हो हुदयबीच राजा हुनु । | |||
::त्रिलोकपति ताज झैं यति कुरा सुनी पाउँछु ॥ | |||
भनी, नृपति भन्दछन् मनमनै लुकेका त्यहाँ । | |||
::यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥ | |||
{{pcn|(१६९)}} | |||
चखेवा जोडी झैं हरित सरिताका पुलिनमा । | |||
::अलग्गै बस्थे ती गह विरहका पार्न रह झैं ॥ | |||
दिनेशै आए झैं अवनि-पतिको आगमनमा । | |||
::मिले आँखाद्वारा दिल दिल दुवै गद्गद बनी ॥ | |||
{{pcn|(१७०)}} | |||
चकितलोचनी मृदु शकुन्तला । | |||
::'छल रहेछ यो सकलको' भनी ॥ | |||
शरमको गरी भाग्नको मन । | |||
::हुन गई अडिन् प्यूँन दर्शन ॥ | |||
{{pcn|(१७१)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 20:45, 14 May 2025
जसै शरमले गरी कमलपात च्यातूँसरि ।
बनिन् मृदु शकन्तला त्वरित चारु सर्छिन् अघि ॥
झपक्कसित छोप्दछिन् कमलपात खोसीकन ।
दुवै नजर छोप्दछिन् तब शकुन्तला शोभन ॥
(१६६)
पढीकन सुनाउँछिन् मृदु रहस्यको लालिमा ।
'म जो भनिछु दुःखिनी निठुर हुन्छ सोही जन ॥
शिकार दिलको गरी विरहमा डुबाई गए ।
दुखी दिल व-सन्त झैं नृप प्रसूनको भज्दछ ॥'
(१६७)
"बुझें कति चलाक यी नृपति हेर दुष्यन्तको ।
सफासँग खुला गरी मधुर नाम स्पष्टै गरिन् ॥"
भनीकन प्रियम्वदा "बुझ न छान्नको चातुरी ।
अहो भन शकुन्तले ! मदनले छ चोखी परी ॥"
(१६८)
अहो गजब भाग्य हो हुदयबीच राजा हुनु ।
त्रिलोकपति ताज झैं यति कुरा सुनी पाउँछु ॥
भनी, नृपति भन्दछन् मनमनै लुकेका त्यहाँ ।
यही समय ठिक्क भो अब म जान्छु ती सामुमा ॥
(१६९)
चखेवा जोडी झैं हरित सरिताका पुलिनमा ।
अलग्गै बस्थे ती गह विरहका पार्न रह झैं ॥
दिनेशै आए झैं अवनि-पतिको आगमनमा ।
मिले आँखाद्वारा दिल दिल दुवै गद्गद बनी ॥
(१७०)
चकितलोचनी मृदु शकुन्तला ।
'छल रहेछ यो सकलको' भनी ॥
शरमको गरी भाग्नको मन ।
हुन गई अडिन् प्यूँन दर्शन ॥
(१७१)