Page:Bhikari.pdf/13: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
:::उनका छरिता कलिला हात । | :::उनका छरिता कलिला हात । | ||
काटिरहिछिन् लाल फुलेका | काटिरहिछिन् लाल फुलेका | ||
::: | :::रसिला बादल हँसिला चाँद | ||
गाइरहिछिन् सरिताबाला | गाइरहिछिन् सरिताबाला | ||
:::भावहरूको तरूण निनाद । | :::भावहरूको तरूण निनाद । |
Latest revision as of 21:02, 9 May 2025
This page has been validated
२
जलको छलछल रविको ढलपल,
झिलमिल बादल, चलमल पात
घाँस खिरीला, लाल भरीला
उनका छरिता कलिला हात ।
काटिरहिछिन् लाल फुलेका
रसिला बादल हँसिला चाँद
गाइरहिछिन् सरिताबाला
भावहरूको तरूण निनाद ।
मन्द सुवासित शस्यहरूले
भर्छन् भित्री मनको सार
दूर कतातिर पाठाहरूको
बज्छ गलाको कलिलो तार ।
कोमल कम्पन उठ्छ मनोहर
फुलहरूको अधर खुली
मिल्दछ जलमा, मिल्दछ मनमा,
जल्दछ बादलभित्र मिली ।
मुटुको चाल छ ताल मिलेको
विश्व छ एक सङ्गीत
सुन्दरीजलमा, शीतल थलमा
गाइन् तिनले घँसिया गीत ।
३
सम्झँदामा पुग्दछु अहिले
स्वरहरू सब ती ब्यूँझन्छन्
चल्छ समय पछिल्तिर फेरि,
चिडिया कलरव सम्झिन्छन् ।