Page:Munamadan.pdf/48: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
"पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई ! | |||
म रुने छैनँ | म रुने छैनँ ! गएर भोलि भेटुँला तिन्लाई, | ||
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई ! | हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !" | ||
{{pcn|'''•'''}} | {{pcn|'''•'''}} | ||
मदन त्यसै थलामा परे, दुःखले वैलायो, | मदन त्यसै थलामा परे, दुःखले वैलायो, | ||
वैद्यले आई उनको नाडी घोरिई समायो | वैद्यले आई उनको नाडी घोरिई समायो, | ||
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ, | कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ, | ||
अरूको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ, | |||
मदन भन्छन्, | मदन भन्छन्, "चरक पढ, सुश्रुत पल्टाऊ, | ||
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ, | मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ, | ||
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ | जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ, | ||
मनको रोगको औषधि के हो ? मलाई बताऊ | मनको रोगको औषधि के हो ? मलाई बताऊ, | ||
सम्झना भन्ने छटपटी हुन्छ, | सम्झना भन्ने छटपटी हुन्छ, दर्शन-पियास, | ||
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास, | झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास, | ||
मगज घुम्छ | मगज घुम्छ भुँवरीभित्र मुटुमा दुख्दछ ! | ||
लक्षण सारा बाहिरबाट मनमा | लक्षण सारा बाहिरबाट मनमा लुक्दछ !' | ||
वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन, | वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन, | ||
मनको व्यथा कता हो कता ! औषधि पाएन | मनको व्यथा कता हो कता ! औषधि पाएन, | ||
दिनका दिन झन् सार्हा भए बिचरा मदन, | दिनका दिन झन् सार्हा भए बिचरा मदन, | ||
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन, | जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन, | ||
"हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ, | |||
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्याऊ । | पाटी र धारा आमाको इच्छा तिमी नै पुर्याऊ । | ||
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको, | सुसार गर्छिन् मुनाले माथि अकेली आमाको, | ||
नछाडी जाऊन् सुसार | नछाडी जाऊन् सुसार अरू अकेली आमाको ! | ||
फुकाऊ तना, गङ्गाको जल देऊ न | फुकाऊ तना, गङ्गाको जल देऊ न घुटको, | ||
औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको । | औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको ।" | ||
{{pcn|'''•'''}} | {{pcn|'''•'''}} | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:02, 9 May 2025
"पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैनँ ! गएर भोलि भेटुँला तिन्लाई,
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !"
•
मदन त्यसै थलामा परे, दुःखले वैलायो,
वैद्यले आई उनको नाडी घोरिई समायो,
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,
अरूको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ,
मदन भन्छन्, "चरक पढ, सुश्रुत पल्टाऊ,
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ,
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ,
मनको रोगको औषधि के हो ? मलाई बताऊ,
सम्झना भन्ने छटपटी हुन्छ, दर्शन-पियास,
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास,
मगज घुम्छ भुँवरीभित्र मुटुमा दुख्दछ !
लक्षण सारा बाहिरबाट मनमा लुक्दछ !'
वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन,
मनको व्यथा कता हो कता ! औषधि पाएन,
दिनका दिन झन् सार्हा भए बिचरा मदन,
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन,
"हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ,
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्याऊ ।
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको,
नछाडी जाऊन् सुसार अरू अकेली आमाको !
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटको,
औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको ।"
•