Page:Munamadan.pdf/48: Difference between revisions
→Not proofread: Created blank page |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
"पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई ! | |||
म रुने छैनँ ! गएर भोलि भेटुँला तिन्लाई, | |||
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !" | |||
{{pcn|'''•'''}} | |||
मदन त्यसै थलामा परे, दुःखले वैलायो, | |||
वैद्यले आई उनको नाडी घोरिई समायो, | |||
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ, | |||
अरूको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ, | |||
मदन भन्छन्, "चरक पढ, सुश्रुत पल्टाऊ, | |||
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ, | |||
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ, | |||
मनको रोगको औषधि के हो ? मलाई बताऊ, | |||
सम्झना भन्ने छटपटी हुन्छ, दर्शन-पियास, | |||
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास, | |||
मगज घुम्छ भुँवरीभित्र मुटुमा दुख्दछ ! | |||
लक्षण सारा बाहिरबाट मनमा लुक्दछ !' | |||
वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन, | |||
मनको व्यथा कता हो कता ! औषधि पाएन, | |||
दिनका दिन झन् सार्हा भए बिचरा मदन, | |||
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन, | |||
"हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ, | |||
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्याऊ । | |||
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको, | |||
नछाडी जाऊन् सुसार अरू अकेली आमाको ! | |||
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटको, | |||
औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको ।" | |||
{{pcn|'''•'''}} | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 16:02, 9 May 2025
"पर्दाले ढाक्यो, पर्दाले छेक्यो, हे दिदी ! मलाई !
म रुने छैनँ ! गएर भोलि भेटुँला तिन्लाई,
हे दैव ! पर्दा चाँडै नै उठा ! धन्य छ तँलाई !"
•
मदन त्यसै थलामा परे, दुःखले वैलायो,
वैद्यले आई उनको नाडी घोरिई समायो,
कफ र वायु बिग्रेछ भनी वैद्यले भन्दछ,
अरूको कुरा नसुन्ने कान त्यो कुरा सुन्दछ,
मदन भन्छन्, "चरक पढ, सुश्रुत पल्टाऊ,
मनको व्यथा रहन्छ कहाँ ? मलाई बताऊ,
जिउने रोग मलाई लाग्यो, यो रोग हटाऊ,
मनको रोगको औषधि के हो ? मलाई बताऊ,
सम्झना भन्ने छटपटी हुन्छ, दर्शन-पियास,
झन् टाढा टाढा आँखाले हेर्छ पोल्दछ बतास,
मगज घुम्छ भुँवरीभित्र मुटुमा दुख्दछ !
लक्षण सारा बाहिरबाट मनमा लुक्दछ !'
वैद्यले हेर्यो, वैद्यले बुझ्यो, त्यो वैद्य आएन,
मनको व्यथा कता हो कता ! औषधि पाएन,
दिनका दिन झन् सार्हा भए बिचरा मदन,
जस्ताको तस्तै होशमा छन् ती, सफा छ वचन,
"हे मेरी दिदी ! यो घरजम तिमीले चलाऊ,
पाटी र धारा आमाको इच्छा तिमी नै पुर्याऊ ।
सुसार गर्छिन् मुनाले माथि अकेली आमाको,
नछाडी जाऊन् सुसार अरू अकेली आमाको !
फुकाऊ तना, गङ्गाको जल देऊ न घुटको,
औषधी छैन हे मेरी दिदी ! फुटेको मुटुको ।"
•