Page:Munamadan.pdf/44: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सुनका थैला लिएर आएँ, चढाएँ पाउमा, | सुनका थैला लिएर आएँ, चढाएँ पाउमा, | ||
Line 28: | Line 28: | ||
"कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ? | "कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ? | ||
पानीका घुट्का ती माग्दिहोलिन्, कसले पिलायो ?" | पानीका घुट्का ती माग्दिहोलिन्, कसले पिलायो ?" | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 15:41, 9 May 2025
सुनका थैला लिएर आएँ, चढाएँ पाउमा,
पाटी र धारा बन्नेछ तिम्ले भनेको ठाउँमा,
आमा ! भनेको ठाउँमा !
कोपिलाभित्रै वैलायो आशा, हिउँले खँगार्यो,
दिलले दर्द नपोखी, हान्यो दैवले झटारो !
फर्क न फर्क हे मेरी आमा ! माथि नै हेर्छ्यौ नि !
उठाई औँला माथि नै आमा ! इशारा गर्छ्यौ नि !
आमा ! कलेजा चिर्छ्यौ नि !"
लौन नि ! लौन !' भनेर उठे मदन जुरुक्क,
मूर्छामा परे पाउमा, देखी गलाको हिरिक्क !
छोराको मुख हेरेर गइन् कठै ! ती घुरुक्क ।
हा कठैबरी ! ती बूढी घुरुक्क !
•
"भन न भन हे मेरी दिदी ! ती मुना कहाँ छिन् ?
आमाको यस्तो बिछोड पर्दा देख्तिनँ यहाँ झन् !"
"हे मेरा भाइ ! ती मुना छैनन् यो तिम्रो घरमा,
मावल जान ती बिदा भइन् बिछोड परेमा !
ह्लासामा जाँदा बिछोड परेमा !"
"स्वर्गमा गइन् ती मेरी आमा, तिन्लाई छाडेर,
कसरी गइन् बिचरीलाई टुहुरी पारेर ?"
"बुहारीमध्ये कुँदेको हीरा, भएर बिरामी,
मागेर बिदा सबैका साथ, सार्है नै बिरामी !
भएर गइन् सार्है नै बिरामी !"
"कस्तो छ मेरी ती मुनालाई ? हेरेर को आयो ?
पानीका घुट्का ती माग्दिहोलिन्, कसले पिलायो ?"