Page:Munamadan.pdf/43: Difference between revisions
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पापीको मुख हेर न आमा ! मलाई हेर न ! | पापीको मुख हेर न आमा ! मलाई हेर न ! | ||
Line 8: | Line 8: | ||
::::रुन, पाउमा म आएँ ! | ::::रुन, पाउमा म आएँ ! | ||
मुटुमा गाँठो पारेर हेर्छ्यौ ! नजर फिर्यो नि ! | मुटुमा गाँठो पारेर हेर्छ्यौ ! नजर फिर्यो नि ! | ||
नछाड आमा ! फर्क न | नछाड आमा ! फर्क न फर्क, टुहुरो मर्यो नि ! | ||
::::आमा ! टुहुरो मर्यो नि ! | ::::आमा ! टुहुरो मर्यो नि ! | ||
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको ! | म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको ! | ||
Line 24: | Line 24: | ||
क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न, | क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न, | ||
अमृत जस्तो वचन तिम्रो हृदय खोल न ! | अमृत जस्तो वचन तिम्रो हृदय खोल न ! | ||
आमा ! एक फेरा बोल न ! | ::::आमा ! एक फेरा बोल न ! | ||
हे मेरी आमा ! मलाई हेरी नजर रसाए, | हे मेरी आमा ! मलाई हेरी नजर रसाए, | ||
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ? | कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ? | ||
::::आमा ! कसरी बिझाएँ ? | ::::आमा ! कसरी बिझाएँ ? | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 15:38, 9 May 2025
पापीको मुख हेर न आमा ! मलाई हेर न !
म आएँ आमा ! म पापी आमा ! मलाई हेर न !
आमा ! मलाई हेर न !
किन नि टाढा हेरेको त्यस्तो ! म आएँ, म आएँ !
नजर फेरि फिराऊ यता, रोएर कराएँ !
रुन, पाउमा म आएँ !
मुटुमा गाँठो पारेर हेर्छ्यौ ! नजर फिर्यो नि !
नछाड आमा ! फर्क न फर्क, टुहुरो मर्यो नि !
आमा ! टुहुरो मर्यो नि !
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको !
बुढेसकाल छाडेर छुरी मुटुमा धसेको !
छुरी मुटुमा धसेको !
मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ ?
'आइछस् बाबू !' भनेर हरे ! मुखले भनिनौ !
आमा ! चिन्यौ कि चिनिनौ ?
मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ !
यो तिम्रो दशा देखेर आमा ! कलेजा जल्दछ !
आमा ! कलेजा जल्दछ !
सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ !
गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ !
हरे ! म अघि आइनँ !
क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न,
अमृत जस्तो वचन तिम्रो हृदय खोल न !
आमा ! एक फेरा बोल न !
हे मेरी आमा ! मलाई हेरी नजर रसाए,
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ?
आमा ! कसरी बिझाएँ ?