Page:Munamadan.pdf/43: Difference between revisions
→Not proofread: Created blank page |
|||
(4 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
पापीको मुख हेर न आमा ! मलाई हेर न ! | |||
म आएँ आमा ! म पापी आमा ! मलाई हेर न ! | |||
::::आमा ! मलाई हेर न ! | |||
किन नि टाढा हेरेको त्यस्तो ! म आएँ, म आएँ ! | |||
नजर फेरि फिराऊ यता, रोएर कराएँ ! | |||
::::रुन, पाउमा म आएँ ! | |||
मुटुमा गाँठो पारेर हेर्छ्यौ ! नजर फिर्यो नि ! | |||
नछाड आमा ! फर्क न फर्क, टुहुरो मर्यो नि ! | |||
::::आमा ! टुहुरो मर्यो नि ! | |||
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको ! | |||
बुढेसकाल छाडेर छुरी मुटुमा धसेको ! | |||
::::छुरी मुटुमा धसेको ! | |||
मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ ? | |||
'आइछस् बाबू !' भनेर हरे ! मुखले भनिनौ ! | |||
::::आमा ! चिन्यौ कि चिनिनौ ? | |||
मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ ! | |||
यो तिम्रो दशा देखेर आमा ! कलेजा जल्दछ ! | |||
::::आमा ! कलेजा जल्दछ ! | |||
सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ ! | |||
गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ ! | |||
::::हरे ! म अघि आइनँ ! | |||
क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न, | |||
अमृत जस्तो वचन तिम्रो हृदय खोल न ! | |||
::::आमा ! एक फेरा बोल न ! | |||
हे मेरी आमा ! मलाई हेरी नजर रसाए, | |||
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ? | |||
::::आमा ! कसरी बिझाएँ ? | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 15:38, 9 May 2025
पापीको मुख हेर न आमा ! मलाई हेर न !
म आएँ आमा ! म पापी आमा ! मलाई हेर न !
आमा ! मलाई हेर न !
किन नि टाढा हेरेको त्यस्तो ! म आएँ, म आएँ !
नजर फेरि फिराऊ यता, रोएर कराएँ !
रुन, पाउमा म आएँ !
मुटुमा गाँठो पारेर हेर्छ्यौ ! नजर फिर्यो नि !
नछाड आमा ! फर्क न फर्क, टुहुरो मर्यो नि !
आमा ! टुहुरो मर्यो नि !
म आएँ आमा ! म दु:ख दिन कोखमा पसेको !
बुढेसकाल छाडेर छुरी मुटुमा धसेको !
छुरी मुटुमा धसेको !
मदन भन्ने म पापी छोरो चिन्यौ कि चिनिनौ ?
'आइछस् बाबू !' भनेर हरे ! मुखले भनिनौ !
आमा ! चिन्यौ कि चिनिनौ ?
मुखले तिम्रो नबोले पनि आँखाले बोल्दछ !
यो तिम्रो दशा देखेर आमा ! कलेजा जल्दछ !
आमा ! कलेजा जल्दछ !
सुसार तिम्रो गर्न नै मैले पापी भै पाइनँ !
गरुँला भन्ने मनमै रह्यो, म अघि आइनँ !
हरे ! म अघि आइनँ !
क्या शान्ति छायो मुखमा तिम्रो ! हे आमा ! बोल न,
अमृत जस्तो वचन तिम्रो हृदय खोल न !
आमा ! एक फेरा बोल न !
हे मेरी आमा ! मलाई हेरी नजर रसाए,
कलिलो त्यस्तो हृदय मैले कसरी बिझाएँ ?
आमा ! कसरी बिझाएँ ?