Page:Munamadan.pdf/41: Difference between revisions
→Not proofread: Created blank page |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र, | |||
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र, | |||
कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ' | |||
भनेर दिँदा बकले भन्थिन् 'मदन कहाँ छ ?' | |||
{{pcn|'''•'''}} | |||
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो, | |||
हाँगामा आई कागले चुच्चो खोलेर करायो, | |||
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा, | |||
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा । | |||
हाँगाको काग ओर्ह्लेर आयो, नजीकै करायो, | |||
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो | |||
नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा, | |||
"सुबोल् सुबोल् हे ! ठाउँ सरी बस् न, आकाश-डुलुवा ! | |||
हेरेर आइस् ती आँखा तानी के मेरो शहर ? | |||
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर । | |||
माई छन् मेरी कपाल-सेती, मुना छन् उज्याली, | |||
मलाई सन्चो छ भनी आइज पखेटा उचाली । | |||
'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई, | |||
गुँडमा फर्केस् बारीको यौटा हलुवाबेद खाई !" | |||
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर, | |||
'कागले बुझयो, उडेर गयो, पुग्नेछ सबेर । | |||
बुझ्दैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !' | |||
भनेर हेरी नजर भरी उठे ती बिचरा ! | |||
::::बिचरा मदन, नजर भरेर ! | |||
{{pcn|'''•'''}} | |||
शहरभित्र केको हो यस्तो वियोग विलाप ? | |||
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप, | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} |
Latest revision as of 15:29, 9 May 2025
बिचरी बूढी ती काँप्न थालिन्, कम्प भो विचित्र,
बन्द भो बोली, मनमनै रह्यो वचन पवित्र,
कहिलेकाहीँ मुनाको हात छामेर 'यहाँ छ'
भनेर दिँदा बकले भन्थिन् 'मदन कहाँ छ ?'
•
कुतीमा यौटा पीपल ठूलो हावाले हल्लायो,
हाँगामा आई कागले चुच्चो खोलेर करायो,
छहारी बस्ने बटुवा हेर्थे टाढाको टाकुरा,
चिउँडो थियो हातको माथि, घुँडामा पाखुरा ।
हाँगाको काग ओर्ह्लेर आयो, नजीकै करायो,
नजर छड्के त्यो घाँटी कर्के गरेर करायो
नजर फिर्यो, पसीना पुछी बोले ती बटुवा,
"सुबोल् सुबोल् हे ! ठाउँ सरी बस् न, आकाश-डुलुवा !
हेरेर आइस् ती आँखा तानी के मेरो शहर ?
नेपाल खाल्डो छ कान्तिपुरमा घर त्यो सुग्घर ।
माई छन् मेरी कपाल-सेती, मुना छन् उज्याली,
मलाई सन्चो छ भनी आइज पखेटा उचाली ।
'नमान्नू धन्दा नमान्नू फिक्री' भनेर सुनाई,
गुँडमा फर्केस् बारीको यौटा हलुवाबेद खाई !"
उडेर गयो त्यो काग टाढा बुझे झैँ गरेर,
'कागले बुझयो, उडेर गयो, पुग्नेछ सबेर ।
बुझ्दैनन् भाषा पन्छीको हाय ! ती दुई बिचरा !'
भनेर हेरी नजर भरी उठे ती बिचरा !
बिचरा मदन, नजर भरेर !
•
शहरभित्र केको हो यस्तो वियोग विलाप ?
पिल्पिले बत्ती भिजेका आँखा अलाप विलाप,