Jump to content

Page:Shakuntala.pdf/197: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ ।
::त्यसै शरमले लुकी प्रकृतिबाट बाङ्गी बनी ॥
सुटुक्क भन कानमा वचन लौ, नसुन्ने गरी ।
::उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥"
भनीकन झुकी तिनी अधरनेर ती सुन्दर ।
::मिली चपत हातको मृदु कपोलमा पन्सिइन्‌ ॥
{{pcn|(१३०)}}


"दुख्यो निठुर हातले दिल कपोल मेरो त्यसै !
::रिसैसित बसिन्‌ यिनी हृदय नै छिपाई त्यसै ॥
बताउन प्रियम्वदा, अब कसो गरूँ ? के गरूँ ?
::बडी कपटकी यिनी दुख हटोस्‌ कसोरी मरूँ ?"
{{pcn|(१३१)}}
लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ ।
::राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥
"को होला म त हैन क्यार ? कसरी हेरूँ म पर्दा झिकी ।"
::जिज्ञासासित सोद्धछन्‌ नृपतिले आँखा तिखारी अति ॥
{{pcn|(१३२)}}
{{pcn|'''(शालिनी)'''}}
"राम्रो जाने बात निस्कन्छ प्यारो ।
::हेरीरौली दिन्छु चाँडै उतारी ॥"
भन्दै साना शब्दमा चारुसाथ ।
::गर्छिन्‌ मीठी बातकी मिष्ट बात ॥
{{pcn|(१३३)}}
"वसन्त अलि मारको नव प्रसादको तापले ।
::सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥
नबोल्न सकिने कुरा हृदयमा बसी भस्भस ।
::जलेर रँगका शिखाहरु जले दिशामा दश ॥
{{pcn|(१३४)}}
बताउन सखी तिमी कुन तरङ्गको कारण ?
::सुदीर्घ किन बन्दछन्‌ नजरतेज वैलेसरि ॥
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने ।
::अरूसँग नबोलूँ झैं हृदय दुःखले नै छुने ॥
{{pcn|(१३५)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 09:21, 6 May 2025

This page has been proofread

तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ ।
त्यसै शरमले लुकी प्रकृतिबाट बाङ्गी बनी ॥
सुटुक्क भन कानमा वचन लौ, नसुन्ने गरी ।
उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥"
भनीकन झुकी तिनी अधरनेर ती सुन्दर ।
मिली चपत हातको मृदु कपोलमा पन्सिइन्‌ ॥
(१३०)

"दुख्यो निठुर हातले दिल कपोल मेरो त्यसै !
रिसैसित बसिन्‌ यिनी हृदय नै छिपाई त्यसै ॥
बताउन प्रियम्वदा, अब कसो गरूँ ? के गरूँ ?
बडी कपटकी यिनी दुख हटोस्‌ कसोरी मरूँ ?"
(१३१)

लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ ।
राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥
"को होला म त हैन क्यार ? कसरी हेरूँ म पर्दा झिकी ।"
जिज्ञासासित सोद्धछन्‌ नृपतिले आँखा तिखारी अति ॥
(१३२)

(शालिनी)
"राम्रो जाने बात निस्कन्छ प्यारो ।
हेरीरौली दिन्छु चाँडै उतारी ॥"
भन्दै साना शब्दमा चारुसाथ ।
गर्छिन्‌ मीठी बातकी मिष्ट बात ॥
(१३३)

"वसन्त अलि मारको नव प्रसादको तापले ।
सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥
नबोल्न सकिने कुरा हृदयमा बसी भस्भस ।
जलेर रँगका शिखाहरु जले दिशामा दश ॥
(१३४)

बताउन सखी तिमी कुन तरङ्गको कारण ?
सुदीर्घ किन बन्दछन्‌ नजरतेज वैलेसरि ॥
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने ।
अरूसँग नबोलूँ झैं हृदय दुःखले नै छुने ॥
(१३५)