Page:Shakuntala.pdf/197: Difference between revisions
→Not proofread: Created blank page |
|||
(3 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ । | |||
::त्यसै शरमले लुकी प्रकृतिबाट बाङ्गी बनी ॥ | |||
सुटुक्क भन कानमा वचन लौ, नसुन्ने गरी । | |||
::उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥" | |||
भनीकन झुकी तिनी अधरनेर ती सुन्दर । | |||
::मिली चपत हातको मृदु कपोलमा पन्सिइन् ॥ | |||
{{pcn|(१३०)}} | |||
"दुख्यो निठुर हातले दिल कपोल मेरो त्यसै ! | |||
::रिसैसित बसिन् यिनी हृदय नै छिपाई त्यसै ॥ | |||
बताउन प्रियम्वदा, अब कसो गरूँ ? के गरूँ ? | |||
::बडी कपटकी यिनी दुख हटोस् कसोरी मरूँ ?" | |||
{{pcn|(१३१)}} | |||
लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ । | |||
::राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥ | |||
"को होला म त हैन क्यार ? कसरी हेरूँ म पर्दा झिकी ।" | |||
::जिज्ञासासित सोद्धछन् नृपतिले आँखा तिखारी अति ॥ | |||
{{pcn|(१३२)}} | |||
{{pcn|'''(शालिनी)'''}} | |||
"राम्रो जाने बात निस्कन्छ प्यारो । | |||
::हेरीरौली दिन्छु चाँडै उतारी ॥" | |||
भन्दै साना शब्दमा चारुसाथ । | |||
::गर्छिन् मीठी बातकी मिष्ट बात ॥ | |||
{{pcn|(१३३)}} | |||
"वसन्त अलि मारको नव प्रसादको तापले । | |||
::सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥ | |||
नबोल्न सकिने कुरा हृदयमा बसी भस्भस । | |||
::जलेर रँगका शिखाहरु जले दिशामा दश ॥ | |||
{{pcn|(१३४)}} | |||
बताउन सखी तिमी कुन तरङ्गको कारण ? | |||
::सुदीर्घ किन बन्दछन् नजरतेज वैलेसरि ॥ | |||
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने । | |||
::अरूसँग नबोलूँ झैं हृदय दुःखले नै छुने ॥ | |||
{{pcn|(१३५)}} | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:21, 6 May 2025
तिमी त सखिसाथमा अभ रिसाउँदी पो भयौ ।
त्यसै शरमले लुकी प्रकृतिबाट बाङ्गी बनी ॥
सुटुक्क भन कानमा वचन लौ, नसुन्ने गरी ।
उचाल दिल पालुवा मधुर सुस्त झीनो गरी ॥"
भनीकन झुकी तिनी अधरनेर ती सुन्दर ।
मिली चपत हातको मृदु कपोलमा पन्सिइन् ॥
(१३०)
"दुख्यो निठुर हातले दिल कपोल मेरो त्यसै !
रिसैसित बसिन् यिनी हृदय नै छिपाई त्यसै ॥
बताउन प्रियम्वदा, अब कसो गरूँ ? के गरूँ ?
बडी कपटकी यिनी दुख हटोस् कसोरी मरूँ ?"
(१३१)
लाग्यो चाख नृपेन्द्रलाइ मनमा को भाग्यमानी त्यहाँ ।
राजा हुन्छ लिएर ताज जगको त्यो चित्त रोकीकन ॥
"को होला म त हैन क्यार ? कसरी हेरूँ म पर्दा झिकी ।"
जिज्ञासासित सोद्धछन् नृपतिले आँखा तिखारी अति ॥
(१३२)
(शालिनी)
"राम्रो जाने बात निस्कन्छ प्यारो ।
हेरीरौली दिन्छु चाँडै उतारी ॥"
भन्दै साना शब्दमा चारुसाथ ।
गर्छिन् मीठी बातकी मिष्ट बात ॥
(१३३)
"वसन्त अलि मारको नव प्रसादको तापले ।
सुकाउँदछु ओठ नै कुसुमका मिही रापले ॥
नबोल्न सकिने कुरा हृदयमा बसी भस्भस ।
जलेर रँगका शिखाहरु जले दिशामा दश ॥
(१३४)
बताउन सखी तिमी कुन तरङ्गको कारण ?
सुदीर्घ किन बन्दछन् नजरतेज वैलेसरि ॥
सिँगार न छ चाहिने विजनमा बसूँ झैं हुने ।
अरूसँग नबोलूँ झैं हृदय दुःखले नै छुने ॥
(१३५)