Page:Shakuntala.pdf/195: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
थिए दुई सजीवता चकित नेत्र नानी दुई । | |||
::पुगेसरि पुरूरवा सुरपुरी-बगैंचातिर ॥ | |||
अडी अमर झाँगमा अमृतकी नदीनेर नै । | |||
::परीहरु निहारिँदा पुरुषहीन स्वातन्त्र्यमा ॥ | |||
{{pcn|(११९)}} | |||
न चोर्दछ कुनै अरू मधुरिमा यसोरी कतै । | |||
::नृपेन्द्र सन चोरका नृपति छन् लुकेका यहाँ ॥ | |||
छ ढुक्ढुक त्यसै मुटू प्रकृतिकी सुता हेर्न ती । | |||
::अदृश्य अभिसारकै सदृश ती कुरङ्गीकहाँ ॥ | |||
कुटेर महिमा मिही प्रकृत चाल बेयादको । | |||
::समुल्लसित नेत्र भै मधुर झल्कने कानमा ॥ | |||
{{pcn|(१२०)}} | |||
नजीक नखरे ठिटी अति छिटी खडा चारु छ । | |||
::"हरे मदन-बागकी किन तिमी कला-दुर्बला ॥ | |||
सिखारु लजिली बनी हृदय खोल्न कच्चा पनि । | |||
::सँगीसँग नबोल्दछ्यौ यति भयो मलाई भनी ॥ | |||
{{pcn|(१२१)}} | |||
छ को र पुरुषै यहाँ युवतिसाथ जूँघानिना । | |||
::प्रकाश गर है सखी हृदयको खुलेको कुरा ॥ | |||
छिपी कमल-क्रोडमा मधुर बास लुक्ने कहाँ । | |||
::छ दर्शक र को भनी अझ खुलस्त बन्छ्यौ यहाँ ॥ | |||
छिपाउँ जति भन्दछ्यौ उती खुलस्त झन्झन् बनी । | |||
::बसी भ्रमर चित्तमा भुनभुनी गरी बोल्दछ ॥ | |||
{{pcn|(१२२)}} | |||
फुकेर उर वासको प्रकृतिका परी हाँस्दछन् । | |||
::सबै सुमन कोपिला भ्रमर आफू डाकीकन ॥ | |||
रँगीन मृदु मोहनी नव सिँगारका लज्जत । | |||
::थपीकन मुहारमा पवनमा इशारासित ॥ | |||
{{pcn|(१२३)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:06, 6 May 2025
थिए दुई सजीवता चकित नेत्र नानी दुई ।
पुगेसरि पुरूरवा सुरपुरी-बगैंचातिर ॥
अडी अमर झाँगमा अमृतकी नदीनेर नै ।
परीहरु निहारिँदा पुरुषहीन स्वातन्त्र्यमा ॥
(११९)
न चोर्दछ कुनै अरू मधुरिमा यसोरी कतै ।
नृपेन्द्र सन चोरका नृपति छन् लुकेका यहाँ ॥
छ ढुक्ढुक त्यसै मुटू प्रकृतिकी सुता हेर्न ती ।
अदृश्य अभिसारकै सदृश ती कुरङ्गीकहाँ ॥
कुटेर महिमा मिही प्रकृत चाल बेयादको ।
समुल्लसित नेत्र भै मधुर झल्कने कानमा ॥
(१२०)
नजीक नखरे ठिटी अति छिटी खडा चारु छ ।
"हरे मदन-बागकी किन तिमी कला-दुर्बला ॥
सिखारु लजिली बनी हृदय खोल्न कच्चा पनि ।
सँगीसँग नबोल्दछ्यौ यति भयो मलाई भनी ॥
(१२१)
छ को र पुरुषै यहाँ युवतिसाथ जूँघानिना ।
प्रकाश गर है सखी हृदयको खुलेको कुरा ॥
छिपी कमल-क्रोडमा मधुर बास लुक्ने कहाँ ।
छ दर्शक र को भनी अझ खुलस्त बन्छ्यौ यहाँ ॥
छिपाउँ जति भन्दछ्यौ उती खुलस्त झन्झन् बनी ।
बसी भ्रमर चित्तमा भुनभुनी गरी बोल्दछ ॥
(१२२)
फुकेर उर वासको प्रकृतिका परी हाँस्दछन् ।
सबै सुमन कोपिला भ्रमर आफू डाकीकन ॥
रँगीन मृदु मोहनी नव सिँगारका लज्जत ।
थपीकन मुहारमा पवनमा इशारासित ॥
(१२३)