Page:Shakuntala.pdf/192: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
लमाइ अति लम्बिँदी नवल मञ्जरी छुन्मुना । | |||
सुस्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछे ॥ | |||
::हवा छ लम्किँदो त्यहाँ सुरभिले प्रभा उष्णमा । | |||
कला छ कुसुमी जहाँ मधुर रङ्गको फुल्लता ॥ | |||
{{pcn|(१०४)}} | |||
कन्याइन करङ्गले कलि प्रशस्त त्यो कालमा । | |||
::मजासहित मख्मली जमीनबीच लेटी लिने ॥ | |||
प्रकाशमय लोचनी सुखमयी करङ्गी त्यहाँ । | |||
::वसन्तऋतु-राज्यको जय मनाउँछे सुन्दरी ॥ | |||
{{pcn|(१०५)}} | |||
विहङ्गहरु उड्दछन् गगनमाथि ली चक्कर । | |||
::अनङ्ग पनि रङ्गका शरमिलिन्द-टङ्कारले ॥ | |||
फिँजाउँछ जतातता हृदयलाइ दी बेधन । | |||
::अडे नृपति क्यै त्यहाँ उचितमा प्रशंसा दिन ॥ | |||
{{pcn|(१०६)}} | |||
त्यहाँ कमल-कोपिला रजसमान आनन्दको । | |||
::सफा छ चुचुरो लिँदो किरणमा फुकूँ झैं गरी ॥ | |||
तथापि मृदु लाजको हरित पत्रको अञ्चल । | |||
::फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥ | |||
{{pcn|(१०७)}} | |||
लता र तरुबीचको मृदु मुनाभरी सुन्दरी । | |||
::झिनी छ सुकमारिता मधुर झाँग जाई जहाँ ॥ | |||
वहाँ कनक फुल्दछन् सुरप्रदेश ढुङ्ग्रीहरू । | |||
::दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥ | |||
{{pcn|(१०८)}} | |||
चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि । | |||
::भुवा छ आल खौरेने मृदु हरा फुटी कड्मल । | |||
बनेर टप चारु झैं अलि छ त्यो खँदीली तर । | |||
::फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥ | |||
मिलिन्दहरु गानका त्यस नजीकमा आउन । | |||
::भएर डर भाग्दछन् हृदय चर्किएला भनी ॥ | |||
{{pcn|(१०९)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:22, 5 May 2025
लमाइ अति लम्बिँदी नवल मञ्जरी छुन्मुना ।
सुस्निग्ध किरणेच्छुता लहलहाउँदी नाच्दछे ॥
हवा छ लम्किँदो त्यहाँ सुरभिले प्रभा उष्णमा ।
कला छ कुसुमी जहाँ मधुर रङ्गको फुल्लता ॥
(१०४)
कन्याइन करङ्गले कलि प्रशस्त त्यो कालमा ।
मजासहित मख्मली जमीनबीच लेटी लिने ॥
प्रकाशमय लोचनी सुखमयी करङ्गी त्यहाँ ।
वसन्तऋतु-राज्यको जय मनाउँछे सुन्दरी ॥
(१०५)
विहङ्गहरु उड्दछन् गगनमाथि ली चक्कर ।
अनङ्ग पनि रङ्गका शरमिलिन्द-टङ्कारले ॥
फिँजाउँछ जतातता हृदयलाइ दी बेधन ।
अडे नृपति क्यै त्यहाँ उचितमा प्रशंसा दिन ॥
(१०६)
त्यहाँ कमल-कोपिला रजसमान आनन्दको ।
सफा छ चुचुरो लिँदो किरणमा फुकूँ झैं गरी ॥
तथापि मृदु लाजको हरित पत्रको अञ्चल ।
फुकाउँछ यसो अलि मृदु भुवा छ खैरो जहाँ ॥
(१०७)
लता र तरुबीचको मृदु मुनाभरी सुन्दरी ।
झिनी छ सुकमारिता मधुर झाँग जाई जहाँ ॥
वहाँ कनक फुल्दछन् सुरप्रदेश ढुङ्ग्रीहरू ।
दिएर भमराहरूकन वसन्त-निम्ता त्यहाँ ॥
(१०८)
चरक्क छ सुगन्धकी कनकनाम चम्पा पनि ।
भुवा छ आल खौरेने मृदु हरा फुटी कड्मल ।
बनेर टप चारु झैं अलि छ त्यो खँदीली तर ।
फुकेर पछि आउँलासरि छ त्यो नयाँ कोपिला ॥
मिलिन्दहरु गानका त्यस नजीकमा आउन ।
भएर डर भाग्दछन् हृदय चर्किएला भनी ॥
(१०९)