Page:Munamadan.pdf/22: Difference between revisions
→Not proofread: Created blank page |
|||
(7 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
<ref group="❂" follow="p12">सुन्दरको सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा, | |||
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा । | |||
गुलाब आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले, | |||
बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले, | |||
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ, | |||
लज्जाले खुम्ची भाग्दछ देही | |||
के माटोबाहेक हात लाग्ला केही ? | |||
मुस्कन देऊ फुस्कन देऊ बास्नामा मधुर, | |||
बास्नाले मात्र सौन्दर्य छोऊ | |||
आँखाको लोभ आँसुले धोऊ | |||
सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले । | |||
</ref> | |||
</poem> | |||
{{end center block}} | |||
<section end="C❂"/> | |||
{{start center block}} | |||
<poem> | |||
घरमा आई, माउर लाई, नैनीले मुस्काई, | |||
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे शर्माई, | |||
"कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको ! | |||
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको ! | |||
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको ! | |||
मोहनी लाग्छ, विघ्नै छ राम्रो हजूरले हाँसेको ! | |||
छ मैह्ना भयो खसम हजूर ! गएको ह्लासामा, | |||
बिर्स्यो पो क्यार ? हजूरलाई तरुनी-खासामा, | |||
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई, | |||
कमलको पातमा जोबनको थोपा रहन्छ कस्लाई ? | |||
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्, | |||
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?" | |||
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो, | |||
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो । | |||
खामोस खाई दयाले भन्छिन्, "हे नैनी भाउज्यू ! | |||
म अरू जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू ! | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
{{stanza continue}} | |||
<noinclude> | |||
{{center block| | |||
{{rule}} | |||
<small> | |||
<references group="❂"/> | |||
</small> | |||
}} | |||
</noinclude> |
Latest revision as of 18:56, 5 May 2025
घरमा आई, माउर लाई, नैनीले मुस्काई,
हाँसको फुल कुर्कुच्चा राम्रो त्यो भन्छे शर्माई,
"कलिलो राम्रो हजूरको पाउ क्या चट्ट मिलेको !
चीनियाँ पाउ, लक्ष्मीको जस्तो, कमलमा खुलेको !
मोतीको दाँत, हीराको जात हजूरले हाँसेको !
मोहनी लाग्छ, विघ्नै छ राम्रो हजूरले हाँसेको !
छ मैह्ना भयो खसम हजूर ! गएको ह्लासामा,
बिर्स्यो पो क्यार ? हजूरलाई तरुनी-खासामा,
यसरी छोडी गएको देखी दिल दुख्छ मलाई,
कमलको पातमा जोबनको थोपा रहन्छ कस्लाई ?
नजर मात्रै मुखमा लाए हजार मर्नेछन्,
भँमरा जस्तै डुलुवा खसम के कदर गर्नेछन् ?"
मुनाको गाला, आगोको ज्वाला जलेर उदायो,
आँखामा चम्क्यो बिजुली यौटा, चाँडै नै हरायो ।
खामोस खाई दयाले भन्छिन्, "हे नैनी भाउज्यू !
म अरू जस्तो नठान बुझ्यौ हे नैनी भाउज्यू !
सुन्दरको सूक्ष्म स्वरुपका टुना बाहिरी नजरमा,
तनको लोभी गुमाउँछ आत्मा विलासको रहरमा ।
गुलाब आए सुहाउन पृथ्वी दिव्यका मुस्कानले,
बोलाउन आफ्ना आत्माले आत्मा सुन्दरको आह्वानले,
लोभको खस्रो निर्लज्ज हातले तिनलाई नछोऊ,
लज्जाले खुम्ची भाग्दछ देही
के माटोबाहेक हात लाग्ला केही ?
मुस्कन देऊ फुस्कन देऊ बास्नामा मधुर,
बास्नाले मात्र सौन्दर्य छोऊ
आँखाको लोभ आँसुले धोऊ
सिकाउलान् तिनलाई सुन्दरमा उठ्न गुलाबी बिहानले ।