Page:Munamadan.pdf/19: Difference between revisions
→Not proofread: Created blank page |
|||
(5 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
<ref group="✮" follow="p7">सकल युगको इतिहास जानी निश्चल तपस्वी, | |||
सागर भेटी बादल फ्याँक्थे | |||
आशिषजस्ता वर्षालु स्वरमा नेपालमा यशस्वी । | |||
जूनले लस्दा हिमाल महल कान्तिको कोमल, | |||
चाँदनी स्वर्ग, चाँदिलो सपना | |||
अमृत-जलप-निवास बन्थ्यो उमाको शीतल, | |||
पीयूष-जलमा छायाको सार झल्के झैँ मञ्जुल, | |||
एकान्तलाई त्योभन्दा ठूलो विलास थिएन, | |||
संसारी विष निभाउन शीतल | |||
त्योभन्दा अर्को भूतलमा कहीँ स्थल नै थिएन, | |||
अनेक गङ्गा निर्झर नाला आँसु झैँ दयामा, | |||
पग्लेर स्वतः बर्बर झर्झर् | |||
तपस्वी लोचन हिमालीबाट झर्दथे दुनियाँमा । | |||
श्यामल धन नेपालको भन कसको वरदान ? | |||
जलडोरे अनेक सभ्यता युगका कसको प्रदान ? | |||
उच्च र गूढ भावको क्षेत्र हृदय सङ्लाउने, | |||
आश्चर्य के छ, भारत खोज्थ्यो | |||
त्यो दिव्य मीठो आभास सधैँ आत्मालाई जगाउने, | |||
उचाली आफ्नो मनको तह तरङ्ग उचाली | |||
हिमाल-प्रदेश पार गर्थे मदन हृदय उचाली | |||
धूपीका घारी सल्लाका घारी पर्वत चढेका, | |||
हिमालका ज्यादा नजीकका शिशु ती हेर्थे बढेका, | |||
पृथिवी अब पातलो उँचाइ लिएर नङ्गिन्छिन्, | |||
छ मास हिउँको सिरक ओढी छ मास फुङ्गिन्छिन् । | |||
बतास भो तीखो, हिमाली श्वास सियो झैँ कडा भो, | |||
भोट जाने युवा हिउँको लामो लहरमा खडा भो | |||
बर्बुरे चिनी हावाले छानी सल्लाको सियाभर, | |||
पवित्रताको पीठोको धूली पर्वतमा छरबर, | |||
शीतमा थियो अग्निको जलन पैताला जलाउने, | |||
हावामा थियो पातलो पन फोक्सोलाई फुलाउने, | |||
</ref> | |||
</poem> | |||
<noinclude>{{end center block}}</noinclude> | |||
<noinclude> | |||
{{center block| | |||
<small> | |||
<references group="✮"/> | |||
</small> | |||
}} | |||
</noinclude> |
Latest revision as of 18:26, 5 May 2025
सकल युगको इतिहास जानी निश्चल तपस्वी,
सागर भेटी बादल फ्याँक्थे
आशिषजस्ता वर्षालु स्वरमा नेपालमा यशस्वी ।
जूनले लस्दा हिमाल महल कान्तिको कोमल,
चाँदनी स्वर्ग, चाँदिलो सपना
अमृत-जलप-निवास बन्थ्यो उमाको शीतल,
पीयूष-जलमा छायाको सार झल्के झैँ मञ्जुल,
एकान्तलाई त्योभन्दा ठूलो विलास थिएन,
संसारी विष निभाउन शीतल
त्योभन्दा अर्को भूतलमा कहीँ स्थल नै थिएन,
अनेक गङ्गा निर्झर नाला आँसु झैँ दयामा,
पग्लेर स्वतः बर्बर झर्झर्
तपस्वी लोचन हिमालीबाट झर्दथे दुनियाँमा ।
श्यामल धन नेपालको भन कसको वरदान ?
जलडोरे अनेक सभ्यता युगका कसको प्रदान ?
उच्च र गूढ भावको क्षेत्र हृदय सङ्लाउने,
आश्चर्य के छ, भारत खोज्थ्यो
त्यो दिव्य मीठो आभास सधैँ आत्मालाई जगाउने,
उचाली आफ्नो मनको तह तरङ्ग उचाली
हिमाल-प्रदेश पार गर्थे मदन हृदय उचाली
धूपीका घारी सल्लाका घारी पर्वत चढेका,
हिमालका ज्यादा नजीकका शिशु ती हेर्थे बढेका,
पृथिवी अब पातलो उँचाइ लिएर नङ्गिन्छिन्,
छ मास हिउँको सिरक ओढी छ मास फुङ्गिन्छिन् ।
बतास भो तीखो, हिमाली श्वास सियो झैँ कडा भो,
भोट जाने युवा हिउँको लामो लहरमा खडा भो
बर्बुरे चिनी हावाले छानी सल्लाको सियाभर,
पवित्रताको पीठोको धूली पर्वतमा छरबर,
शीतमा थियो अग्निको जलन पैताला जलाउने,
हावामा थियो पातलो पन फोक्सोलाई फुलाउने,