Page:Munamadan.pdf/17: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
<ref group="✮" follow="p7"> बीचबीचमा तर अमोल | <ref group="✮" follow="p7"> बीचबीचमा तर अमोल झल्का पाइन्थे पथमा, | ||
नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा, | नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा, | ||
आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा ! | आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा ! |
Latest revision as of 18:09, 5 May 2025
बीचबीचमा तर अमोल झल्का पाइन्थे पथमा,
नन्दनजस्ता फुलेका जङ्गल पहाडी पटमा,
आश्चर्यजस्ता बिरामी फूल, बनेली प्रतिभा !
प्रकृति उनलाई छक पारिदिन्थिन्, मस्काई मुटु बाः ।
बादलु देशमा टाकुरे गाउँ शेर्पाको विचित्र
गर्जनतल, इन्द्रेनीतल,
झुल्कन्छ घाम, तल छ जल
माथि छ मानव स्वर्पुरमा झैँ चुलीमा पवित्र ।
स्याम्बोमा स्याम्बो रमाइलो नाची कम्मर समाई,
चरण फ्याँक्ने बाँसुरी-तालमा, अप्सरा लजाई,
सभ्यता हाम्रो नेपाल राम्रो संस्कृति पवित्र
लुकेका स्वर्ग, समुच्च जाति यसमा छन् विचित्र,
'पृथिवीभरमा क्वै जाति भए नेपाली के कम छ ?'
मनमन भन्थे मदन त्यहाँ 'यहाँ क्या जीवन छ !
हिमाल हाँक्ने तेजस्वी जाति स्वभाव-तपस्वी,
विश्वमा नेपाल विक्रम-तेजले हुनेछ यशस्वी'
कहीँ ता झर्ना नौधारे बनी आदिम गानाले,
गुञ्जायमान शीतल पर्वत शीकर-दानाले,
अमृत जल त्योभन्दा मीठो पृथ्वीमा पाइन्न,
प्रकृति कहीँ यत्तिकी धनी शब्दले गाइन्न !
ढुङ्गाको दाँत बाटामा तर तीखो छ बिझाउने
हिउँको दाँत झन् तीखो बतास दार्हा नै किटाउने,
विचित्र जन्तु सैरने वन गोधूली-छायामा,
कालीको वाहन फुकेर चर्ने मिर्गका कायामा ।
कल्पनाभन्दा रङ्गिला पन्छी गजब वनको बोल
शहरका सङ्गीत-कविताभन्दा बनेली अनमोल,
जीवनको मीठो आनन्द चर्को हरियो हावामा
उद्गार गरी थरी र थरी,
फुर्फुरी गर्ने भुर्भुरी लिने,
उत्तम सिर्जन रङ्गीन चरी; सुन्दरका कायामा,
पुष्ट र चिल्ला बनेली जीव विलास्ने छायामा,